सामाजिक कार्यमा अग्रसर हुँदै परशुराम युवा संगठनका संयोजक रोहन ऎर र युवा परिवार

भदौ ३१ डडेल्धुरा, परशुराम युवा संगठनले सामाजिक कार्यहरुमा आफ्नो उपस्थिती जनाउदै आइरहेका छन। सामाजिक विकृति र विसङ्गतिको विरुद्धमा अभियाननै थालेका उनिहरु समाजलाई नै सहि दिशातर्फ धकेल्न उद्धत छ्न ।यसैविच उनिहरुले परशुराम नगरपालिकामा विशादी युक्त कच्चा मदिरा दिन दुइगुना रात चौगुना को हिसाबले बिक्री बितरण तथा उत्पादन भईरहेको छ जसका कारण कयौं मानिसहरु ले ज्यान गुमाईसकेर पनि स्थानिय प्रसासन र नगरपालिकाले मुख मा दही जमायर मझेरी बाट टुलुटुलु रमिता हेरिरहेको परशुराम युवा संगठनले निष्कर्ष निकालेको र तुरुन्त यस मा न्यायोचित कदम चाल्न परशुराम युवा संगठनले सम्बन्धित निकायलाई अनुरोध गरेको परशुराम युवा क्लवका संयोजक रोहन एरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया