Skip to content
Diyo Khabar
Online News Portal
Search
Search
गृहपृष्ठ
समाचार
विचार
राजनीति
अन्तर्राष्ट्रिय
खेलकुद
शिक्षा/स्वास्थ्य
मनोरञ्जन
विचित्र संसार
विज्ञान/प्रविधि
कालिकोटमा कोरोना सम्बन्धि सचेतना जोगाउदै प्रहरी
दियो खबर
।
३० भाद्र २०७७, मंगलवार १३:०६
दियो खबर संवाददाता
भदौ ३०, कालिकोट । जिल्लामा कोरोना सम्बन्धि सचेतना सहित जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न नागरिकलाई सचेत बनाउने अभियान थालिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले पछिल्लो समयमा सर्बसाधारणहरुद्धारा जनस्वास्थ्यका मापदण्डहरु उलंघन गर्ने जस्ता नागरिक लाप्रबाही बढेपछि जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न नागरिकलाई सचेत बनाउने अभियान थालिएको हो ।जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी चक्रबहादुर शाहाले जिल्ला सदरमुकाम बजारमा कोरोना भाईरस सम्बन्धि सचेतना सहित यसबाट जोगिने उपायहरु प्रहरीले माईकिङ गर्ने गरेको बताए । उनले पछिल्लो समयमा स्थानियहरुले मास्कको प्रयोग नगर्ने, बजार क्षेत्रमा भीड लाग्ने जस्त ागर्ने नहुने क्रियाकलापहरु गर्न थालेपछि सचेत बनाउन प्रहरीले बजार क्षेत्रमा दैनिक रुपमा माईकिङ गर्ने गरेको बताए । उनका अनुसार प्रहरीले कोरोनाबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऊ, भीडभाड र मेला प्रर्वमा सहभागी नहौँ, हरेक व्यक्तिले कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरौँ, साबुनपानीले मिचिमिचि हात धुने बानी बसालौँ, अनिबार्य रुपमा मास्क र सेनिटाईजरको प्रयोग गरौँ, नागरिक अनुशासन कायम गरौँ जस्ता नाराहरु माईकिङ गर्दै बजार क्षेत्र दैनिक घुम्ने गरिएको छ ।कालििकोट जिल्ला प्रहरी डिएसपी शाहाले भने, ‘हामी पहिलो चरण नागरिकहरुलाई सचेत बनाउने अभियानमा छौँ । प्रहरीले गरेको आग्रहलाई अटेर गरे कानुन बमोजिम कारबाही गर्छौ । जिल्ला कोभिड १९ संकट व्यवस्थान केन्द्रको निर्णय अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाँउ गाँउमा प्रहरीले कोरोना सम्बन्धि सचेतना जोगाउने पनि गर्ने गरेको छ ।’ कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएसँगै जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न सबैलाई जिम्मेबार बन्न आग्रह गरिएको बताए । उनले कोरोनाको संक्रमण रोक्न जिल्लाका राजनीतिक दल, नागरिक समाज, स्थानिय सरकार सबै पक्षहरुसंग छलफल गरी कोरोनाबाट जोगिने उपायहरुका बिषयमा गाँउ बस्तीमासमेत सचेतना फैलाउने गरिएको बताए ।जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनीपाल शाहीले गाँउमा हुने स्थानिय मष्टो देवताका पर्वहरु पनि यस बर्ष नमनाउने र मेला आयोजना नगर्न स्थानिय पालिकाहरुसँग पनि समन्वय गरिएको बताए । उनले मेला, जात्रा र पैठमा कोरोना संक्रमण फैलिने जोखिम हुने भएकाले यस प्रति सजक बन्न सबै पालिकालाई निर्देशन दिईएको बताए । उनले भने, ‘जिल्ला समन्वय समितिले सबै सरोकारवालाहरुलाई बोलाएर बैठक बसी कोरोनाको जोखिम बढाउने गतिबिधि नगर्न आग्रह गरिएको छ । केही व्यक्तिको लाप्रबाहीका कारण सबैले जोखिम बहन गर्नुपर्ने अवस्था छ । आम सरोकारवाला र नागरिक जिम्मेबार नबने समस्या आउन सक्छ ।’ई-कर्णाली खबर बाट साभार गरिएको हो यो समाचार
तपाईको प्रतिक्रिया
दियो खबर । ३० भाद्र २०७७, मंगलवार १३:०६