कोरोना सम्बन्धि सचेतना जोगाउदै ट्राफिक प्रहरी

कोरोना सम्बन्धि सचेतना जोगाउदै ट्राफिक प्रहरी
भदौ ३०, जाजरकोट । पछिल्लो समय जिल्लामा मानिस हरू काेराेनाबाट सचेत हुना लापरबाही गर्न थालेका छन ।यश अबस्थामा कोरोना सम्बन्धि सचेतना फैलाउना हातमा माक्स र सचेतना मुलक ब्यानर सहित ट्राफिक प्रहरी राेडमा उत्रिएका छन ।जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न नागरिकलाई सचेत बनाउने अभियान थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोट ले पछिल्लो समयमा सर्बसाधारणहरुद्धारा जनस्वास्थ्यका मापदण्डहरु उलंघन गर्ने जस्ता नागरिक लाप्रबाही बढेपछि जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्न नागरिकलाई सचेत बनाउने अभियान थालिएको हो ।जिल्ला सदरमुकाम बजारमा कोरोना भाईरस सम्बन्धि सचेतना सहित यसबाट जोगिने उपायहरु माईकिङ गर्नेर माक्स बितरण गर्ने गरेको छ । पछिल्लो समयमा स्थानियहरुले मास्कको प्रयोग नगर्ने, बजार क्षेत्रमा भीड लाग्ने जस्ता काम गर्ने नहुने क्रियाकलापहरु गर्न थालेपछि सचेत बनाउन बजार क्षेत्रमा माईकिङ गर्ने गरेको ट्राफिक प्रहरी जवान राजेन्द्र शाहीले बताए । उनका अनुसार प्रहरीले कोरोनाबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऊ, भीडभाड र मेला प्रर्वमा सहभागी नहौँ, हरेक व्यक्तिले कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरौँ, साबुनपानीले मिचिमिचि हात धुने बानी बसालौँ, अनिबार्य रुपमा मास्क र सेनिटाईजरको प्रयोग गरौँ, नागरिक अनुशासन कायम गरौँ जस्ता नाराहरु माईकिङ गर्दै बजार क्षेत्र घुम्ने गरिएको छ ।ट्राफिक प्रहरीले कोरोना सम्बन्धि सचेतना जोगाउने पनि गर्ने गरेको छ केही व्यक्तिको लाप्रबाहीका कारण सबैले जोखिम बहन गर्नुपर्ने अवस्था छ । आम सरोकारवाला र नागरिक जिम्मेबार नबने समस्या आउन सक्ने उनिहरूकाे भनाइ छ

तपाईको प्रतिक्रिया