तिलागुफा–६ मा विद्यालय स्तरीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

तिलागुफा–६ मा विद्यालय स्तरीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिकोट — नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) गाल्जे शाखाले कालिकोटको तिलागुफा नगरपालिका–६, जुबिथामा रहेको सत्यदेवी माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।एक आयोजित कार्यक्रममा बैंक प्रतिनिधिहरूले विद्यार्थीलाई वित्तीय व्यवस्थापन, बचतको महत्त्व, बैंकिङ प्रणाली तथा डिजिटल भुक्तानीका विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंकका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले बालबालिकामा आर्थिक ज्ञान अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

गाल्जे शाखा प्रमुख प्रकाश शाहीले वित्तीय साक्षरताले बालबालिकामा आर्थिक सचेतना बढाउने र उनीहरूलाई भविष्यमा सही तरिकाले आर्थिक निर्णय लिन मद्दत गर्ने बताए। उनले भने, “बचतको बानी बाल्यकालदेखि नै बसाल्न सकियो भने भविष्यमा आर्थिक व्यवस्थापन गर्न सजिलो हुन्छ। बैंकिङ प्रणाली बुझ्नाले डिजिटल भुक्तानीलगायत आधुनिक वित्तीय सुविधाहरूको फाइदा उठाउन विद्यार्थी सक्षम हुनेछन्।”

विद्यालय प्रशासनले पनि यस्तो कार्यक्रमले विद्यार्थीलाई वित्तीय प्रणालीबारे सचेत बनाउने भन्दै बैंकलाई धन्यवाद व्यक्त गरेको थियो।

तपाईको प्रतिक्रिया