सुर्खेत/ नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भक्ति प्रसाद पाण्डे सर्वसम्मतरूपमा चयन भएका छन्।कालिकोट जिल्लाको १२औं जिल्ला अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
पाण्डे यसअघि पनि जिल्ला अध्यक्ष थिए। अधिवेशनले उपाध्यक्षमा कम्मर बहादुर बम र रिता पाण्डे, सचिवमा प्रकाशचन्द्र धिताल, कोषाध्यक्षमा दमनराज शाही, सहसचिवमा दिलिप प्रसाद न्यौपाने चयन गरेको छ।
सदस्यहरूमा भरत पाण्डे, जयरूप पाण्डे, लक्ष्मी धिताल, महिला सदस्य तस्मिरा शाही र सकुन्तला कुमारी पाण्डे ,दुर्गा कुमारी महतरा रहेका छन्। जनजाति सदस्यमा रोशन कुमार चौधरी, दलित सदस्यमा नवराज विश्वकर्मा, प्रदेशमा कार्यरत दिपराज सन्ज्याल, स्थानीय तहमा गोविन्द बहादुर शाही, ४० वर्षमुनि परेक वहादुर शाही रहेका छन्।
केन्द्रीय प्रतिनिधिहरूमा प्रवलजंग शाही, चक्र विश्वकर्मा, सावित्री घिमिरे, सहकारीतर्फ राजेन्द्र बहादुर सिंह र प्रदेश प्रतिनिधिमा कल बहादुर बम, कृष्ण बहादुर बम, नवराज आचार्य र विन्दा कुमारी शाही चयन भएका छन्।
सहकारीतर्फ पूर्णचन्द्र काफ्ले, लेखा परीक्षण आयोग संयोजकमा ऐन बहादुर शाही, सदस्यहरू उज्वल शाही र रोहित विष्ट रहेका छन्। केन्द्रीय परिवेक्षकमा खड बहादुर बम र प्रदेश परिवेक्षकमा हिक्मत गिरी मनोनयन गरिएको केन्द्रीय प्रतिनिधि चक्र विश्वकर्माले जानकारी दिए।
दियो खबर । १५ माघ २०८१, मंगलवार १२:३९