कालिकोट/ रामनिडाडा–पादमघाट सडक खण्डको स्थलगत अनुगमन आज सम्पन्न भएको छ। अनुगमनमा महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन) को नेतृत्वमा स्थानीय प्रशासन, सडक विभागका प्रतिनिधिहरू र निर्माण कम्पनीका अधिकारीहरू सहभागी भएका थिए।
अनुगमनका क्रममा सडकको हालको अवस्था, मर्मत कार्यको आवश्यकता र विस्तार योजनाहरूको मूल्याङ्कन गरिएको थियो। स्थानीय सवारी साधन तथा यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, सडक सुधारका लागि आवश्यक कदम चाल्ने प्रक्रिया अघि बढाइने बताइएको छ।
उक्त सडक खण्डको निर्माण जिम्मा सिंह कालिका निर्माण सेवाले लिएको हो, जुन सडक डिभिजन जुम्लामार्फत ठेक्का सम्झौता भएको परियोजना हो। यसका लागि १ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। अनुगमनका क्रममा निर्माण कार्यको गुणस्तर, प्रगतिसँग सम्बन्धित विभिन्न पक्षहरू पनि समीक्षा गरिएको थियो।
यस क्रममा विभिन्न सुझाव र सिफारिसहरू प्राप्त भएका छन्, जसमा विशेषगरी सडक मर्मत, चौडा गर्ने योजना र सुरक्षा सुधारका आवश्यकताहरू महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ।
अध्यक्ष सिंहले निर्माण कार्य शीघ्र सम्पन्न गर्न र गुणस्तर कायम गर्न निर्देशन दिँदै, आगामी दिनमा सडकको थप सुधार तथा विकासका लागि आवश्यक पहल गरिने दियो खवर संग बताएका छन्।
दियो खबर । १७ माघ २०८१, बिहीबार २१:३२