कालिकोट/ “स्वास्थ्य, कृषि, रोजगार, सडक र पूर्वाधार: सुन्दर, समृद्ध र आत्मनिर्भर महाबैको आधार” भन्ने नाराका साथ महाबै गाउँपालिकाको १२औं हिउँदे गाउँ सभा सम्पन्न भएको छ। सभाले पाँच कार्यविधि पारित गर्दै स्थानीय विकासका नयाँ दिशाहरू तय गरेको छ।
गाउँ सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) ले गरेका थिए,र उपाध्यक्ष दानसिंह सेजुवाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ई.प्रकाश बहादुर शाही को विशेष उपस्थितिमा सभा सम्पन्न भएको हो।
पारित कार्यविधिहरू महाबै गाउँसभाले पारित गरेको कार्यविधिहरूले गाउँपालिकाको समृद्धि र सेवामा सुधार ल्याउने उद्देश्य राखेका छन्:
करार कर्मचारीहरूको सेवा सुविधासम्बन्धी कार्यविधि, २०८१,महाबै एम्बुलेन्स सञ्चालन कार्यविधि, २०८१,शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यविधि, २०८१,विदुर पुरुष सुरक्षा कोष कार्यविधि,२०८१,महाबै अस्पताल सञ्चालन कार्यविधि, २०७९ (पहिलो संशोधन २०८१)
गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह ले “हामी केवल योजना पारित गरेर सीमित रहने होइन, तिनको प्रभावकारी कार्यान्वयनमार्फत महाबैलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नेछौं” भनेर आगामी विकास योजनाहरूलाई प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।
विकास कार्य र खर्च विवरण महाबै गाउँपालिकाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३३ प्रतिशत बजेट खर्च गरेको जनाएको छ।सहभागिता र स्थानीयको प्रतिकृया गाउँ सभामा वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, सरकारी अधिकारीहरू र स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले योजनाहरूलाई व्यवहारमा उतार्न विशेष ध्यान दिनुपर्ने सल्लाह दिएका छन्।
दियो खबर । १८ माघ २०८१, शुक्रबार १८:१६