कालिकोट/खाँडाचक्र नगरपालिकाभित्र निर्माण सम्पन्न भएका तथा निर्माण भइरहेका कामको अनुगमनलाई तीव्रता दिइएका छन्।
असार अगावै सम्पन्न गर्नुपर्ने योजनाहरु गुणस्तरीय भए/नभएको अनुगमन गर्न नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाही ,प्राविधिक इन्जिनियर,शिक्षा शाखा प्रतिनिधि खड्क वहादुर शाही, वडा-३ का वडाध्यक्ष दधिराम पाण्डे र वडा-४ का वडाध्यक्ष प्रभानन्द आचार्य ,खेलकुद विकास समिति संयोजक सुधार शाही लाई लिएर फिल्डमा नाप,नक्सा गर्न खटिएका छन् ।
योजना अनुगमनलाई तीव्रता दिएका बेला निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको टिम पनि जनप्रतिनिधिसँग योजना अनुगमन गर्दै नगरपालिकाको लागत स्टमेट अनुसार काम भए/नभएको, गुणस्तरीय काम भए÷नभएको बारेमा जानकारी लिनका लागि स्थलगत रुपमा अनुगमन गर्ने कार्य भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।
अनुगमनका क्रममा कमसल काम भएको पाइएमा भुक्तानी रोकिने र दोश्रो पटक काम गर्न लगाउने गरी पहिलादेखि नै अनुगमन गर्ने गरिएको उनको दावी छ । उनले भने, ‘अहिले हामीले योजनाहरुको अनुगमन गरिरहेका छौं । अनुगमनका क्रममा कमसल काम गरेको देखिएमा कारवाही प्रक्रिया अगाडि बढाउँछौं । भुक्तानी दिने त कुरै छैन राज्यको सम्पत्ति सहि ठाउँमा सदुपयोग होस् काम गुणस्तरीय होस भन्ने उदेश्य कार्यालय प्रमुखको हुन्छ ।’
स्थानीयस्तरमा हुने विकास निर्माणका कामहरु गुणस्तरहीन हुने गरेको गुनासो बढेका बेला नगरपालिकाले योजना अनुगमनलाई तीव्रता दिएको खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल वहादुर शाहीले वताए ।म अहिले नगरपालीकाको कामको शिलसिलामा काठमाण्डौं भए पनि नगरपालीकामा हुने विकास निर्माणका कामहरुको निरन्तर अनुगमन गर्न निर्दशन समते दिएको वताए।
शाहीले भने, ‘नगरपालिकाले गरेको काम गुणस्तरीय हुन्छ, टिकाउ हुन्छ, भन्ने कुरा पुष्टि गर्नका लागि पनि योजनाहरु गुणस्तरीय र दिगो बनाउनुपर्छ ।’
नगरपालिकाबाट अनुगमन हुन्छ, काम नभएको र कमसल भएको भए भुक्तानी हुँदैन भन्ने कुरा काम गर्नेलाई पनि मनमा लागोस् भन्ने आभाष दिलाउने गरी अनुगमन भइरहेको शाहीको भनाइ छ । नगरपालिकाका सबै वडामा अनुगमन कार्य भइरहेकाले सबै ठाउँमा आफुहरु पुग्ने योजना बनाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीको दावी छ । मंगलवार मात्रै खाँडाचक्र नगरपालिका वडा -३ मा रहेको जनजिवन मा.वि.ताडीको फिल्डको अनुगमन गरिएको छ।
खांडाचक्र नगरपालिकाका नि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अबिराज शाही बिहान १०:०० देखि ४ः००बजेसम्म कार्यालयको कामकाज गरि ४:३० देखि ६:००बजे सम्म नियमित पालिकाबाट सन्चालित योजनाको अनुगमन तथा समुदायका नागरीक ,सरोकारवालानिकाय र स्थानिय संग खांडाचक्रको विकासका लागि समीक्षा गर्ने गरेका छन। जनजिवन मा.वि.ताडिमा हुने प्रथम मेयर कप एंव नगरस्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता सन्चालन गर्नकालागि निर्माण गरिएको खेलकुद मैदानको अनुगमन गरेका छन।
नगरपालिकाको कर्मचारीले नै प्राविधिक लगेर नापजाँच गर्न थालेपछि खाँडाचक्रका विकट वडाहरुमा समेत अहिले गुणस्तरीय काम हुने अवस्था देखिन थालेको स्थानीय लक्ष्मण कुमार शाहीले बताए ।नगरपालिकाबाट खटिएको टोलीले सिफारिस नगरेसम्म नगरपालिकाबाट भुक्तानी नदिने गरी कार्यालय प्रमुखले नियम बनाएपछि खाँडाचक्रमा विकासका कामहरु गुणस्तरीय हुने सम्भावना रहेको स्थानीयको बुझाइ छ ।यो खेलकुद मैदान २० लाखमा निर्माण गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अबिराज शाहीले वताए। अनुगमनको क्रममा विद्यालयका प्रध्यानध्यापक तेज वहादुर शाही, शिक्षक ,विद्यार्थी , स्थानीय र विद्यालय व्यवस्थापन समिति संग प्रथम मेयर कपको वारे समिक्षा गरिएको समेत शाहीले वताए।
दियो खबर । ९ माघ २०८१, बुधबार ००:१७