सुर्खेत/ जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर बिकले आफ्नी श्रीमतीलाई जागिर खुवाएको भेटिएको छ । गत साउन महिनादेखी कारागार कार्यालयमा रक्क्त रहेको कार्यालय सहयोगी पदमा पदपुर्तीका लागी सुचना प्रकासन नै नगरी आफ्नै श्रीमती रिता बिकलाई खुसुक्क करारमा नियुक्त गरेको पाइएको हो ।पूर्व कार्यालय प्रमुख जेलर नरबहादुर सार्कीले २०७१ सालदेखी सोही कार्यालयमा काम गर्दै आएकी कार्यालय सहयोगी सरिता शाहीलाई हटाएपछी गत साउन महिनादेखी सो पद रिक्क्त रहेको थियो ।
रिक्क्त पदमा जागिरका लागी स्थानियका निवेदन परेपनी कार्यालय प्रमुख बिकले सोही निबेदन लत्ताउदै आफ्नी श्रीमती रितालाई २०८१ साल माघ २ गते नियुक्ती दिएको समेत भेटिएको छ । यही मंसिर ९ गतेदेखी कार्यालयमा हाजिर भएका कार्यालय प्रमुख विकले सुचना प्रकासन नगरी स्थानियका निबेदन लत्ताएर आफ्नी श्रीमतीलाई जागिर खुवाएका हुन । सामान्य लेखापढी गर्ने आर्थिक अवस्था कमजोर भएका त्यसैमा पनी स्थानीय हुदा कार्यालयको कामकाजमा सहज हुने जस्ता व्यक्तीलाई कार्यालय सहयागीमा नियुक्त गर्नु पर्ने भएतापनी प्रमुख बिकले आफ्नी श्रीमती लाई जागिर खुवाएको विषयप्रती यहाँका नागरिकहरुले बिरोध गरेका छन ।
दश वर्षदेखी काम गर्दै आएकी कर्मचारीलाई हटाउनु गलत थियो । हटेको कर्मचारीलाई पनी पुर्नवाहाली गर्न सकिन्थ्यो एक स्थानिय नागरिकले भने”। हामिले त बोल्न मिल्दैन श्रीमतीलाई हाकिमले जागिर खुवाउनु सुहाउने बिषय हैन बिवाद हुन्छ भनेका थियौँ उनले नाम नबताउने सर्तमा बताए । यस विषयमा प्रमुख जिल्ला अधिकारीसंग वुझ्न खोज्दा उनले कार्य सम्पादनमा सहजताको लागी सहयोगी राख्न पाउनु प्रमुखको अधिकार हो । तर यसमा जागिर खान पाउँ भनी स्थानियको निबेदन परेको हुनाले आफु कार्यालय प्रमुख आफ्नो श्रीमतीलाई जागिर खुवाउनु त्यती सुहाउदो विषयत हैन । यस बिषयमा हामि बुझ्छौ सहायक प्रमुख जिल्ला अधिकारी बिमल गुरुङले बताए । कुनैपनी कार्यालयले करार कर्मचारी सुचना निकाल्नु पर्ने हुन्छ तर, यहाँ यसो गरिएको देखिदैन आफु खुसी कर्मचारी राखेको देखिने गरेको उनको भनाई छ । बिभाग संग सहमती लिएर आफुले श्रीमतीलाई जागिर खुवाएको कार्यालय प्रमुख मानबहादुर बिकले बताएका छन । उनले अरु कुराको जवाफ नदिएरै फोन काटेका छन ।
सरुवा भएर गएका हाकिमबाट कर्मचारीको चैत्रसम्मको हाजिरिमा रातो
मंसिरमा सरुवा भएका कार्यालय प्रमुख नरबहादुर सार्किले हटाइएकी कर्मचारी सरिता शाहीको आउदो चैत्र महिनासम्म हाजिरीमा रातो लगाएका गएका छन । गत साउनमा करार सम्झौता सकिएको भनेर हटाइएकी शाहीको फेरी भदौ महिनादेखी कार्तिक सम्म दुईमहिनासम्मको लागी करार सम्झौता थप गरेको भएपनी उनले चैत्र महिनासम्म रातो लगाएको पाइएको हो ।
असारसम्म तलव खाएकी शाहीले फेरी दुई महिनाको नियुक्त पाएपनी तलव नखाएको देखिन्छ । तर, मंसिर १३ गते कारागारा देखी सरुवा भइ सुर्खेत गएका छन ।सरिताको करार सम्झौता मिती दुई महिनाको लागी थपिनु र सरुवा भएका गएका प्रमुखले हाजिरीमा चैत्रसम्मको मितीमा रातो लगाउनु केही न केही संकास्पद देखिन्छ । यस विषयमा बुझ्न खोज्दा सार्किले आफु बिजी रहेको भनेर फोन काटेका छन।
१) स्थानिय कर्मचारी हटाएर आफ्नै श्रीमतीलाई जागिर खुवाउने जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर बिक ।
२) श्रीमतीलाई दिएको नियुक्ती पत्र ।
३) करार म्याथ थप हाजिरमा रातो
यो समाचार अनलाइ न्यूज खवर वाट साभार
दियो खबर । ८ माघ २०८१, मंगलवार ००:२०