सुर्खेत/कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले ६ वटा कार्यविधि पास गरेको छ । नगरपालिका भित्र आवश्यक पर्ने विभिन्न कार्यविधि तयार गर्न तथा कार्यान्वय गराउन नगर सरकार लागेको छ। खाँडाचक्र नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा ६ वटा कार्यविधि पास गरेको हो ।
त्यस्तै खाँडाचक्र नगरपालिकाको टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०८१, खाँडाचक्र नगरपालिकाको घर वहाल कर व्यवस्थापन कार्यविधि २०८१, खाँडाचक्र नगरपालिकाको व्यवसाय कर सम्वन्धी कार्यविधि २०८१, तिन पांग्रे सवारी साधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१, उपभोक्ता समिति गठन, दर्ता र सञ्चालन कार्यविधि २०८१ तथा शिक्षक व्यवस्थापनसम्बन्धी कार्यविधि २०८१ गरी ६ वटा कार्यविधि नगर सरकारबाट पास गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाहीले दियो खवर लाई बताए ।
२०८१ पौष १७ गते बिधायन व्यवस्थापन समितिका संयोजक प्रभानन्द आचार्यको अध्यक्षतामा बैठक वसी कार्यविधी निर्माण गर्ने निर्णय गरिएको थियो । बैठकलगत्तै २०८१ पौष २२ गते भएको नगर कार्यपालिकाको बैठकमा पेश भएको थियो भने ६ वटा कार्यविधि पास भइसकेका छन् ।
खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले नगरपालिका भित्र रहेका नागरिकहरुको सहजताका लागि विभिन्न निति, कार्यक्रम, कानुन तथा कार्यविधि निर्माण गरी कार्यान्वय गर्ने लक्ष्य नगर सरकारले लिएको र यसमा विभिन्न सरकारवला र स्थानीयहरुले पनि आआफ्नो ठाउॅं वाट सहयोग र सहकार्य गर्न पनि आग्र समते गरे खाली विरोधको नाममा विरोध मात्र गरेर हुदैन समेत वताए।
दियो खबर । ७ माघ २०८१, सोमबार ११:०९