कालिकोट /समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको शाखा कार्यालय मान्ममा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी भइरहँदा संगठनले तालाबन्दी गरेको हो ।
सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै जिल्ला शाखा बाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको संगठनका अध्यक्ष जिवन कुमार शाहीले बताए ।
प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिका नाममा मंसिर २८ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने कार्यक्रम अन्तर्गत सार्वजनिक भएको सदस्यता नामावलीप्रति समाजवादी प्रेस संगठन नेपाल कालिकोट जिल्ला शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघले हालै सार्वजनिक सदस्यता विवरणमा कालिकोट जिल्ला शाखाको फेरि पनि विगतमा झैं गलत नियतका साथ नामहरु हटाउने र थप्ने काम भएको छ । शुद्धीकरणलाई ‘स्वार्थकरण’ गर्दै पत्रकार महासंघको इतिहास, गरिमा र आदर्शमाथि नै प्रहार गर्ने काम हुँदै आएको छ । नेपाल पत्रकार महासंघ कालिकोट जिल्ल्ला शाखाले एक तर्फि रुपमा एक लौटी मनपरि निणर्य गरिएको हाम्रो संगठनप्रति कुनै छलफल नगरी सार्वजनिक गरेको सदस्यता नामावलिप्रति सदस्यता शुद्धीकरणका नाममा सञ्चारकर्ममा क्रियाशिल व्याक्तिको नाम नियोजित रुपमा हटाउने तथा नविकरण नगर्ने र धेरै क्रियाशिल पत्रकारको नयाँ सदस्यता प्राप्त अधिकार समेत वन्चित गरेर प्रकाशित गरिएको सदस्यता सुचिले महासंघको साझा चरित्र,विधि,विधान र मर्मलाई नै लत्याउने काम भएको हाम्रो ठहर छ ।
जिल्ला शाखाले चिन्दै नचिनेका पत्रकारीतामा नरहेका व्याक्तिको नाम थपिएको,एउटै मापदण्डमा पर्ने सदस्यहरु मध्ये नियतवश कुनै सदस्यको नविकरण गरिएको क्रियाशिल पत्रकारलाई हटाईएको सत्ताको सूँढ छिराएर महासंघका निश्चित पदाधिकारीहरुले महासंघको साझा चरित्र विपरित प्रदेशमा सदस्यता विवरण पठाएकोले छुटेका क्रियाशिल पत्रकारलाई यथाशीघ्र समावेश गरि सदस्यता सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।
साथै महासंघको सदस्यताको विषय टुङ्गाएर मात्रै निर्वाचनका कार्यक्रम अगाडी बढाउन निर्वाचन समितिलाई समेत आग्रह गर्दछौं । २४ घण्टा भित्र माग पूरा नभएमा थप संघर्षका कार्यक्रमहरु अगाडी बढाईनेछ सो संघर्षका कार्यक्रमबाट सिर्जित समस्याको जिम्मेवारी सम्बन्धित सरोकारवाला पक्षले लिनुपर्ने जानकारी गराउँदछौं ।
समाजवादी प्रेस संगठन नेपाल कालिकोट का अध्यक्ष जिवन कुमार शाहीले विज्ञप्तिा उल्लेख गरेका छन्।
दियो खबर । १९ मंसिर २०८१, बुधबार १६:१२