कालिकोट /मनमोहन स्मृति प्रतिष्ठान शाखाको नाममा नेकपा एमाले जिल्ला कमिटी कालिकोटको भवनको सिलान्यास गरिएको पार्टी कार्यालय सचिव विविखण शाहीले दियो खवर लाइ वताए।
शाहीका अनुसार नेकपा एमालेका महासचिव मनमोहन अधिकारीको नाममा रहेको स्मृति भवनलाई नेकपा एमाले जिल्ला कमिटी कालिकोटको पार्टी कार्यालय स्थापना गर्दै सन्चालन गर्नको लागि आज मंसिर १९ गते विहान
नेकपा एमालेका केन्द्रिय सदस्य तथा कालिकोट जिल्ला ईन्चार्ज नगेन्द्र शाही (नेस्नल) ,केन्द्रीय सदस्य एंव कर्णाली प्रदेश सांसद मा.दक्षिणा शाही ,केन्द्रीय सल्लाहकार सदस्य तथा पूर्व मन्त्रि कुर्मराज शाही,जिल्ला अध्यक्ष तुलाराज मल्ल,युवा नेता दयाराम सिम्खाडा ,प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा भएको थियो।
३ तलाको भवन वन्ने मनमोहन स्मृति प्रतिष्ठानका सचिव खडानन्द अधिकारीले वताए।
जिल्ला कमिटी सचिव पुष्पराज आचार्यले यस भन्दा पहिला भाडाका रुपमा पार्टी कार्यालय रहर्दै आएको भए पनि अवदेखि आफ्नै भवनमा सम्पूर्ण कार्यहरु सन्चालन गर्ने वताउनु भयो शिलान्यास कार्यक्रममा नेता कार्यकर्ताहरु,पत्रकार सुरक्षाकर्मिको सहभागिता रहेको थियो।
नरहरीनाथ चोक वाट कवड हलहुदै कोटदरवार सम्म को वाटोलाई नेकपा एमाले पार्टीले बसराज मार्ग नामकरण गर्ने निर्णय पनि गरेको कार्यालय सचिव शाहीले वताए।
उक्त भवन निर्माण गर्नको लागि आवश्यक वजेट कर्णाली प्रदेश सभा सदस्य माननिय दक्षिणा शाहीको कोष वाट ५० लाख वजेट आएको कार्यालय सचिव शाहीले वताए।
दियो खबर । १९ मंसिर २०८१, बुधबार २१:२४