एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने

काठमाडौँ। एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने भएको छ।

ललितपुरको गोदावरीमा जारी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले विभिन्न प्रस्तावहरू पारित गर्दै भण्डारीलाई सम्मान प्रदान गर्ने निर्णय पनि गरेको हो।

भण्डारीले एमालेकी पूर्व उपाध्यक्ष हुँदै गणतन्त्र नेपालको ७ वर्ष राष्ट्रपति बनेकी थिइन्। एमालेको शनिबारदेखि सुरु भएको प्रतिनिधि परिषद् बैठक प्रस्तावहरू पारित गर्दै आइतबार नै सकिँदैछ । बैठकले १५ बुँदै समसामयिक प्रस्तावहरू पारित गर्दैछ।

तपाईको प्रतिक्रिया