अहिलेसम्म खालिस्तानका को-को प्रमुख नेता मारिए ?

काठमाडौँ। अमेरिकामा खालिस्तानी नेताको हत्या प्रयास सुरक्षा अधिकारीले विफल बनाएका छन्। फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा खालिस्तानी नेता गुरुपतावन्त पनुनको हत्या प्रयास भएको थियो।

फाइनान्सियल टाइम्ससँगको कुराकानी आफ्नो हत्याबारे अमेरिकी सुरक्षा अधिकारीले पूर्व सूचना दिएको सम्बन्धमा उनले बोल्न भने चाहेनन्। तर, पनुनले भनेका छन्- ‘भारतले परिचालन गरेको संयन्त्रबाट अमेरिकी भूमीमा मेरो जीवनमाथि खतरा आइपरेको छ। म चाहन्छु यस विषयमा अमेरिकी सरकार नै थप बोलोस् र उचित कदम चालोस्।’

पनुनको हत्या प्रयासपछि अमेरिकाले भारत सरकारलाई कूटनीतिक नोट पठाउनुका साथै संदिग्ध एक व्यक्तिमाथि न्युयोर्कस्थित अदालतमा मुद्दा समेत चलाएको छ ।

अमेरिकाको राजकीय भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध खालिस्तान समर्थकहरुले प्रदर्शन गरेका थिए । हत्या भएमा भारतविरुद्धको प्रदर्शन झन बढ्ने आँकलनले पछि हटेको वा अमेरिकी सुरक्षा संयन्त्र एफबीआईको सतर्कताका कारण घटना टरेको भन्ने कुरा अझै खुल्न बाँकी रहको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

दुइ महिनाअघि क्यानेडामा खालिस्तानी नेता हरदीप सिंह नैज्जरको हत्या भएको थियो । क्यानेडा सरकारले यसमा भारतको हात रहेको आरोप लगाउँदा दुइ मुलुकबीच कुटनीतिक तिक्तता अझै पनि जारी छ ।

के हो खालिस्तानी अभियान ?

खालिस्तानको मुल जरो शिख धर्मसँग गाँसिएको छ । १५ औँ शताबन्दीमा मुगल शासनको क्रममा शिख धर्म उदाएको हो । सन् १६९९ मा गुरु गोविन्दले अरबिकबाट खाल्सा शब्दको प्रयोग गरेका थिए । यसको अर्थ शुद्ध हो । शिख धर्म र यसको शासन स्थापनाका लागि खाल्साको प्रयोग भएको थियो ।

सन् १९४७ मा विभाजनपछि पञ्जाबी शुभ आन्दोलनको उदय भयो । जसले पञ्जाब भाषीहरुको स्वायत्त शिख राज्यको माग गर्‍यो । सन् १९५२ मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले पञ्जाब बोल्नेहरुको छुट्टै राज्यको आन्दोलनलाइ दमन गर्ने नीति लिएसँगै शिख र हिन्दु छुट्टिए ।

सन् १९६६ मा चन्दीगढलाइ राजधानी बनाएर पञ्जान्ब प्रान्त बन्यो । सन् १९७० र ८० को दशकमा भारतीय शिख डायस्पोरामा खालिस्तान आन्दोलनको कुरा उठ्न थाल्यो । शिखका विद्रोही नेता जर्नेइल सिंहको नेतृत्वमा आन्दोलन पुन: चर्किन थाल्यो । यस आन्दोलन १ दशकसम्म चल्यो र त्यस क्रममा सरकार र शिख नेता तथा सशस्त्र समुहबीच दर्जनौँ पटक झडप भयो त्यसमा हजारौँ मानिस मारिए ।

सन् १९८४ मा भारतीय सेनाले शिखहरुको पवित्रस्थल गोल्डेन टेम्पलमा पसेर विशेष अपरेशन चलाउँदा ४ सय मानिस मारिए । शिखहरुले भने हजारौँ मारिएको दाबी गर्छन् । गोल्डेन टेम्पलमा सैन्य अपरेशनको आदेश तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले दिएकी थिइन्। गान्धी कोपछि उनकै शिख बडीगार्डले हत्या गरे । उनको हत्यापछि शिखवरोधी गतिविधि बढ्यो ।

हिन्दुहरुले शिखको घरघरमा पुगेर कुटपिट, हत्या तथा आगजनी गरे । त्यही क्रममा जुन २३ १९८५ मा एयर इन्डियाको फ्लाइट नम्बर १८२ मा एटलान्टिक महासगरमा बम पड्काइयो । जसमा ३२९ मानिस मारिएका थिए । अनुसन्धानका क्रममा के पत्ता लाग्यो भने क्यानेडियन शिखले गोल्डेन टेम्पल अपरेशनको बदला लिन आत्मघाती विष्फोट गराए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिख समुदायका पृथकतावादी नेताप्रति शुन्य सहनशीलताको नीति लिन प्रशासनलाइ आदेश दिएका छन् । प्रधानमन्त्रीको आदेशपछि दर्जनौँ पृथकतावादी नेता पक्राउ परे । क्याराभान म्यागेजिनका कार्यकारी सम्पादक हर्तोष बाल भन्छन्-‘सन् १९८० को हिंसात्मक शैन्य अभियानपछि खालिस्तान आन्दोलनले भारतमा कुनैपनि राजनीतिक समर्थन प्राप्त गरेको थिएन ।

भर्चुअल रुपमा मात्रै खालिस्तानका गतिविधि केन्द्रित थिए । तर मोदीले बारम्बार खालिस्तानीहरु भारतका लागि खतरा रहेको बताउँदै उनीहरुलाइ अघि ल्याउने काम गरे । ग्राउन्डमा खालिस्तानको प्रभाव खासै छैन,’ उनले भने । तर क्यानेडा, बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका शिख समुदायहरुले खालिस्तानको समर्थन गर्नेक्रम भने बढिरहेको देखिन्छ ।

कहाँ कहाँ छन् खालिस्तान समर्थक शिख ?

डायस्पोरामा शिख समुदायको जनसंख्या २६ करोड छ । लण्डन स्कुल अफ इकोनोमिक्सका अनुसार क्यानेडामा सबैभन्दा धेरै ७ करोड ७० हजार शिख छन् । यता बेलायतको र वेल्समा ५ लाख २४ हजार छ भने अष्ट्रेलियामा २ लाख १० हजार शिख छन्। अमेरिकामा पनि ५ लाखको संख्यामा शिख रहेको अनुमान गरिन्छ। न्यायाका लागि शिख संस्थाले अनौपचारिक जनमतसंग्रह आयोजना गरेको थियो। अष्ट्रेलियामा भएको मतदानमा हिन्दु र खालिस्तानबीच झडप भएको थियो ।

भारतले क्यानेडा, अष्ट्रेलिया र बेलायतलाइ खालिस्तान समर्थक पृथकतावादी शिख अधिकारकर्मीलाइ कारबाही गर्न आग्रह गरेको छ। खालिस्तानको मागमा समर्थन जनाउने ३० वर्षे नेता अमृतपाल सिंहको गिरफ्तारीमा लण्डनमा पनि प्रदर्शन भएको थियो । त्यहाँ रहेको भारतीय उच्च नियोगको झण्डा निकाल्ने देखि त्यहाँको भौतिक संरचनामा तोडफोड समेत भएको थियो। ओटावामा समेत भारतीय उच्च नियोगमा खालिस्तान समर्थकले आक्रमण गरेको आरोप नयाँ दिल्लीले लगाएको छ।

अहिलेसम्म खालिस्तानका को-को प्रमुख नेता मारिए ?

जुन १८ मा हरदिप सिंह निज्जरलाइ भ्यानकुबर स्थित सुर्रेको शिख गुरुद्वारा बाहिर हत्या गरियो। नयाँ दिल्लीले ३ वर्षअघि निज्जरलाइ आतंकवादीको सुचीमा राखेको थियो।

दिल्लीले आतंकवादीको सूचीमा राखेको ३ वर्षमा हत्या भएपछि ओटावाले भारतको भूमिका रहेको आरोप लगाएको हो। उनले खालिस्तानको माग सहित अनौपचारिक जनमतसंग्रहको तयारीमा भारतमा गरिरहेको सुचना भारतीय पक्षलाइ प्राप्त भएको थियो सन् १९७७ मा पञ्जाबको जालान्दरमा जन्मिउका निज्जर सन् १९९७ मा क्यानेडा गएका थिए। उनी पृथकतावादी शिखहरुको संस्था बाबर खाल्सा इन्टरनेशनल मा आवद्ध थिए।

बेकेआइलाइ पाकिस्तानले चलाइरहेको आरोप भारतले लगाएको थियो। तर, जुनमा अभतर सिंह खाण्ड पनि क्यान्सरका कारण बेलायतमा मरे। उनी अमृतपाल सिंहका समर्थकका रुपमा चिनिन्थे। तर बेलायतमा उनको निधन विषका कारण भएको बताइन्छ। उनको मृत्यु निकै रहस्मय थियो। खाण्डको अन्तिम संस्कारमा अत्यधिक मानिस भेला भएका थिए। तर उनकै परिवारलाइ अन्तिम संस्कारका लागि लण्डन जान बेलायतले भिषा दिन अस्वीकार गर्‍यो।

यता परमजित सिंह पन्जवारललाइ भारतमा खालिस्तान कमाण्डो फोर्स चलाइरहेको आरोप लागेको थियो। पाकिस्तानको लाहोरमा अपरिचित हतियारधारीले ६३ वर्षीय पन्जावरको हत्या गरिदिए। भारतमा १९८० देखि १९९० सम्म चलेको शिख विद्रोहमा उनको भूमिका खास थियो। उनले विभिन्न पटक राजनीतिक हिंसा मच्चाएका कारण भारत सरकारले उनलाइ पक्राउका लागि दर्जनौँ प्रयास गरेको थियो।

सन् २०२० जनवरीमा खालिस्तान मुक्ति फौजसँग जोडिएका हर्मित सिंह पनि पाकिस्तानको लाहोरमा मारिए। उनको स्थानमा हाल अवतार सिंह खाण्डाले लिएको बताइन्छ।

खालिस्तानसँग जोडिएका निज्जरको क्यानेडामा हत्या भएपछि भारतले क्यानेडालाइ भिषा दिन रोक लगाएको छ। क्यानेडा पनि उस्तै कदम चलेको छ। दुई मुलुकले एकअर्काका कूटनीतिज्ञ पनि निकाला गरेका छन्। उनीहरुको सम्बन्धमा दरा उत्पन्न हुँदा दुई मुलुकको व्यापारमा पनि असर पुगेको छ।

तपाईको प्रतिक्रिया