बिद्यार्थी मात्र अल्मलाउने माध्यम बनेकाे पञ्चदेव मा.वी

कालिकोट – कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं १ स्थित जिल्लाकै नमूना विद्यालय भनिएको अथवा नमुना बिद्यालय बनाउनका निमित्त सरकारले बर्सेनि कराेडाै रुपियाँ खर्चिरहेकाे श्री पञ्चदेवल माध्यामिक बिद्यालयकाे हालको अवस्था हेर्दा एकदमै दयनिय रहेको छ।

डेस्क बेन्च र ढोका फुटालिएको अवस्थामा छन् । विद्यालय व्यवस्थापनको गैरजिम्मेवारी र शिक्षकको अनुस्पतितीले विद्यालय परिसर एक बेवारिसे छोडिएको भवन जस्तो भएको छ।

शिक्षकहरुले भने १०-१५ दिन पछि सम्मकाे हजिर पहिले नै गरेकाे अवस्था पनि रहेकाे छ । सदरमुकाम नजिक रहेको यस विद्यालयमा माध्यमिक तह सँगै प्राविधिक धारको डिप्लोमा इन सिविल ईन्जिनियरिङ् पनि अध्यापन हुने गरेको छ उक्त धार पढाइ हुने भवन हेर्न लायक छैन ।

कक्षा कोठा भित्र पानी चुहिएर खाल पर्ने ,कक्षा कोठामा दिशा पिसाब गर्ने गरेको पनि पाईएकाे छ

जसका कारण बिद्यार्थीले दिनानुदिन सास्ती भाेगिरहेका छन्। विद्यालय प्रशासनको लापरवाहीले गर्दा बनेका भवनमा हरेक बर्खा चुहिने र हिउँदमा खुल्ला झ्यालबाट चिसो हावा आउने गरेको विद्यार्थीकाे गुनासाे रहेकाे छ भने बिद्यालय ब्यवस्थापन समितिकाे लापरबाहीले गर्दा आईतवार -साेमबार पनि १२ बजे नै बिद्यार्थी लाई घर पठाएर ३ बजे नै बिद्यालय काे कार्यालय कक्षमा ताला लगाईएकाे पाईएकाे छ ।

माध्यामिक तहमा पनि त्यस्तै हालत छ । केही सुधार हुन् सकेको छैन। यसमा कसैको पनि ध्यान नजानु र पुरानै भवनको संरक्षण नभएको बेला नयाँ भवन बनाउने होड चलेको देखिन्छ।

नयाँ भवन बन्नु राम्रो पक्ष हो तर बनेकाको ख्याल नगरी धमाधम टेण्डर आवहान गरी मापदण्ड विपरीत भवन निमार्ण हुने र पछि उक्त भवन चुहिने चर्किने गरेको देख्न सकिन्छ।

नमूना विद्यालयको नाममा अनियमितता भएको र प्रधानाध्याक महिनामा एक दिन विद्यालय जाने र अरु दिन घरमा बस्ने गरेको पनि अभिवावाक तथा विद्यार्थीको गुनासो रहेको छ ।

नगरपालिका तथा जिल्ला शिक्षा समन्वय ईकाईकाे फितलो अनुगमन र नजरअन्दाजले यो विद्यालयको शैक्षिक स्तर खस्किँदै गई रहेको छ। कुनै बेला याे बिद्यालयकाे शैक्षिक स्तर कुनै क श्रेणिकाे बिद्यालयकाे भन्दा कम थिएन ।

भर्नामा एक हजार जना भन्दा बढी विद्यार्थी संख्या रहेता पनि विद्यालयमा आउने को संख्या भने न्यून रहेको छ।

यस्तो गम्भीर विषयमा सम्बन्धित निकायको ध्यान नजानु लज्जास्पद कुरा हो। प्राविधिक धारको पनि त्यति उल्लेखनीय प्रगति भने देख्न सकिन्न।

२०७३ सालबाट सञ्चालन भएको यो धार विद्यार्थी अल्मल्याउने माध्यम बनेको छ।

शैछिक सामग्री, प्रयोगात्मक समाग्री र प्रशीक्षकको अभावले सिकाइमा गुणस्तर आउन सकेको छैन । एक घण्टाको बाटो हिँडेर जाने तर पढाइको स्थर सोचे जस्तो नहुने कारणले गर्दा त्यति राम्रो उपलब्धि हुन् नसकेको बिद्यार्थी हरुकाे गुनासाे रहेकाे छ ।

यस्तो गम्भीर र विद्यार्थीको भविष्य जोडिएको विषयमा मजाक गर्नु कत्तिको सुहाउँछ होला ?

तपाईको प्रतिक्रिया