कुटपिट मुद्दामा फरार प्रतिवादी वीरेन्द्रनगरबाट पक्राउ

सुर्खेत – जिल्लाको वीरेन्द्रनगर नगरपालिकाबाट कुटपिट मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर–१३ ईन्द्रपुर की २० वर्षीय ललित दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

ललितलाई जिल्ला अदालत सुर्खेतको लगत नं ३२४७ बमोजिम कुटपिट मुद्दामा ३ महिना कैद र पाच हजार जरिवाना तोकेको थियो।

त्यसपछि फरार ललित दमाईलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया