कृष्णराज धमला/कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-२ कोटवाडा पानिखोला टोल निवासी २० बर्षकी जुनिता बिष्ट गाउँघरमा भइरहेका घटनाकी एउटी साछी हुन् । उनको घर परिवारमा जम्मा १० जना सदस्यहरु बस्दै आएका छन् । जुनिताको घरपरिवारमा दाइभाउजु व्यापार र आमा बुबा किसानी काम गर्दछन् । जुनिता प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाद्धारा संचालित खानेपानी सरसफाई तथा स्वच्छता उत्थानशिल परियोजनाले आयोजना गरेको महिनावारी स्वच्छता तथा लैङ्गिक समानता तालिममा सहभागी भएकी हुन् ।
जुनिताका अनुसार विगतका दिनहरुमा आफू लगायतका संगिहरु गाउँघर, टोल छिमेकीहरु सबै महिनावारी भएको समयमा घर भन्दा बाहिर नै बस्थ्यौं । घर भित्र छिर्न परीवारका सदस्यहरुले दिदैन थे र आफूमा पनि घर भित्र जाने हिम्मत थिएन । अहिले यो पेस नेपाल जुम्लाको आयोजनामा महिनावारी स्वच्छता सम्बन्धी जनचेतना मुलक तालिम आयोजना गरी हामीलाई सहभागी गराई महिनावारी हुँदा बार्ने कुरा गलत भएको जानकारी पाएदेखि हामी घर भित्र बस्दै आएका छौं । अरु गाउँ टोलका महिला दिदि बहिनीहरुलाई महिनावारी सम्बन्धी जनचेतना दिदै तिनिहरुलाई पनि घर भित्र नै बस्नु पदर्छ भनी सल्लाह सुझाव दिने गरेको बताउँछन्, जुनिता । हामीलाई महिनावारी भएको समयमा त्यो तालिम नलिनु भन्दा पहिला एकदमै असहज हुन्थ्यो । महिनावारी भएको बेला सरसफाई गर्ने बारे प्रयाप्त ज्ञान थिएन । त्यसैले विद्यालय जादा वा अन्य ठाउँमा जादा कोहि थाहा पाउँछकी भनेर लाज लाग्दथ्यो । साथी भाईहरुले जिस्काउलान् भन्ने डर पनि लाग्थ्यो । अहिले यो सम्बन्धी तालिम लगेपछि मैले सेनिटरी प्याड कसरी बनाउने र कसरी प्रयोग गर्ने भन्ने सम्बन्धी जानकारी पनि पाएका छौं । अहिले सेनिटरी प्याड घरमा आफै पनि बनाएर प्रयोग गर्ने गरेको जुनिताको भनाइ छ । तालिम लिई सकेपछि हाम्रो समाजमा केहि महिलाहरुमा परिवर्तन आएको छ । महिनावारी भएको समयमा घर भित्र बस्दा धामी, झाँक्रि, देवि देवताको डरले गर्दा घर भित्र बस्न मान्दैनथ्यौं । पहिलाको तुलनामा अहिलेका दिदि बहिनीहरु जनकार भएकाले तिनिहरु घर भित्र बस्दै आएका छन् । महिनावारी स्वच्छता तालिम लिदा महिनावारी भएको बेला गरिने सरसफाई बारे जानेपछि म ढुक्क छु, अव मेरो शरिरबाट फोहर कसैले देख्दैन । अनि म जता जाँदा पनि हुन्छ भन्ने मा बिस्वस्त छु । हाल म मेरो समुदायमा महिनावारी भएको बेला सरसफाई गर्ने र घरमै सेनिटरि प्याड बनाई प्रयोग गर्ने तथा रुडिबादि चलन झुटा कुरामा कुराको पछि नलाग्न आग्रह गरीरहेकी छु, उनले भनिन्, यो जानकारी सबैले सबैलाई बाँड्न जरुरी छ ।
पहिलाका महिलाहरुले छाउपडि गोठमा बसेर आफ्ना पीडा त.भोग्नु परेको थियो भने पौष्टिक तत्व नभएको सुख्खा खाना खानु पथ्र्यो, जुनीता भन्छिन् दुध, दहि पनि खानु हुन्न भन्ने चलन थियो । तर अहिले आफुलाई मन परेको खान पनि पाएका छन् र महिनावारी भएको समयमा सरसफाई गर्नु पर्दछ भन्ने जानकारीको कमि थियो, अहिले महिनावारी भएको समयमा सरसफाई गर्नु पर्दछ भन्ने सम्बन्धी जनचेतना फैलिदै गएको छ यो सबैका लागि राम्रो पक्ष हो । साना बालबालिका भएकी दिदि बहिनीहरु घर भन्दा बाहिर छुट्टै त्यो पनि गोठमा बस्नु पर्दा बालबच्चाले समेत पीडा भोग्नु पथ्र्यो । रातभरी बच्चा कराउने, चिसो सहनु पर्ने सँगै अन्य डरको पनि सामना गर्नु पथ्र्यो ।
अझै पनि केहि महिलामा परिवर्तन आउन सकेको छैन, मैले भन्ने गरेकी छु, यो हिंशा हो । हिंशा मात्रै नभई मानवअधिकारको हनन् हो, हामी सजग रहनु पर्छ, जुनिताले भनिन् ।
अहिले सेनिटयारी प्याड सम्बन्धी तालिम लगेर आफैले घरमा प्याड प्रयोग गर्न पाएका छौ । महिनावारी भएको समयमा विधालयमा जानको लागि सहज भएको छ । पहिला बिद्यालयमा जानको महिनामा ३ र ४ दिन बिद्यालयको पढाई बाधा हुन्थ्यो भने अझै पनि हाम्रो समाजमा त झन महिनावारी भएको समयमा बिद्यालयमा जानु हँुदैन भन्ने अन्धविश्वास पनि धेरै थियो । अहिले त्यति खासै समस्या छैन । महिनावारी भएको समयमा घरपरिवारबाट बाहिर आउनु परे घरका अन्य सदस्यबाट लुगा माग्नु पथ्र्यो ।
जुनिता जस्तै महिलाहरु सक्रिय भएर अभियानमा लाग्ने हो भने हिंशा अनि मानवअधिकारको ठाडो उलंघनको बिषय महिनावारी बार्ने प्रथाको अन्त्यमा सहयोग मिल्ने थियो । छोरा या छोरी त्यही महिनावारी हुँदा बग्ने रगतबाट जन्मिएका हुन्, त्यसैले त्यो रगत असुद्ध होइन सुद्ध हो भन्ने साझा बुझाईको विकास गर्न सके मात्र महिनावारी बार्ने गलत प्रथाको अन्त्य हुने देखिन्छ ।
महिनावारि विभेद बिरूद्दकाे जागरण फैलाउदै जुनिता
तपाईको प्रतिक्रिया
दियो खबर । ३० असार २०७९, बिहीबार १४:४१