सुर्खेत /कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले घरमै घुम्ती बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरणको अभियान सुरु गरेको छ । गाउँपालिकाको वडानम्बर १ को सेज्यिूला र २ को रकुमा सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो ।
सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह(संज्याल)ले वडानम्बर १ का वडा अध्यक्ष बैकुण्ठराज गिरी र वडा नम्बर २ का वडा अध्यक्ष बसन्त बुढाको उपस्थितिमा शनिवार घरमै घुम्ती बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले बताईन ।
उपाध्यक्ष सिंहका अनुसार सामाजिक सुरक्षा भत्ता लिन घण्टौ समय लगाएर गाउँपालिका पुग्ने तर गाउँपालिका पुग्दा पनि घण्टौ सम्म जेष्ठ नागरिक लाइनमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सानिमा बैंक शाखा र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सँगको विशेष समन्वयमा जनताको घर घरमै घुम्ती बैंक सेवा मार्फत सान्नीत्रिवेणी गाउँपालिकाले बैंकको अन्य कारोबार र सेवाग्राहीलाई ध्यानमा राखी बिदाको दिन पनि शनिबार घुम्ती सेवा मार्फत वडा मै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको उपाध्यक्षमा सिंहले बताईन ।
उनले भनिन् जेष्ठ नागरिकको पीर मर्कालाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक टोलका वडामा गएर घुम्ती बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आइरहेको छ । गाउँपालिकाले घरमै घुम्ती बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेपछि जेष्ठ नागरिक खुसी भएका छन् । जस्ले गर्दा गाउँपालिका उपाध्यक्ष लगायत वडा अध्यक्ष र अन्य कर्मचारी हरुलाई खुसी हुँदै सरकार होस त हाम्रो जस्तो होस हामिले दुख भयो भनेको, एक महिना नहुदै घरमै आएर आज पैसा पाइएको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ की छिता जैसीले बताईन ।
पहिलो पटकको घुम्ती बैक मार्फत असार १२ गते साबिकको मुम्रा को वडा नम्बर ७,८,र ९ मा बितरण गरेको थियो भने दोस्रो पटक साबिक रकु वडा नम्बर १ र २ को के सरिज्यूलामा बितिरण गरिएको छ ।
सानिमा बैंक शाखा मेहलमुडिका प्रबन्धक नरेन्द्र बम र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख नर प्रसाद जैसिको विशेष सहभागितामा वडा नम्बर १ का अध्यक्ष बैकुण्ठ राज गिरिले भत्ता वितरण शुभ– आरम्भ गरेका थिए ।
भत्ता वितरण अभियान सफल बनाइदिएकोमा सान्नीत्रिवेणी गाउँपालिका वडा नं. १ र २ का वडा अध्यक्ष्य सानिमा बैंक शाखा कार्यलय मेहलमुडी कालिकोट र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा मेहलमुिडलाई स्थानीय सरकारको आग्रहलाई स्वीकार गरि सहयोग गरिदिएको र जेष्ठ नागरिकको मुहारमा आएको खुसियाली देखेर आफू पनि निकै खुसी भएको गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले बताईन।
दियो खबर । १८ असार २०७९, शनिबार २०:००