जापानको फुकुओकामा देउसी भैलो कार्यक्रम सम्पन्न

जापान/सन् २०२४ मा जापानको क्यूशु क्षेत्रमा स्थापित गैर आवासीय नेपाली संघ  क्यूशु क्षेत्रीय कार्यसमितिको देउसी भैलो कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न भएको छ ।२ नोबेम्बर शनिवार क्यूशु सहरमा आयोजित देउसी भैलो कार्यक्रममा अधिकांश जापानमा अध्ययनरत विद्यार्थीको साथै आफ्नै संस्थाकै सदस्य तथा पदाधिकारीहरूका प्रस्तुतिहरू रहेका थिए।

छुट्टीको दिन समेत रहेकोले अभिभावकहरू सहित बालबालिकाको साथमा देउसी खेल्न र उनीहरूलाई प्रोत्साहन गर्न त्यहाँ उपस्थिति जनाएका थिए ।जापानमा शनिबार र आइतबार अधिकांशको बिदा पर्ने हुनाले नेपालमा यमपञ्चक अगाडी रहेता पनि देउसी भैलो कार्यक्रम २०२४ भव्यतासाथ सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ क्यूशु क्षेत्रीय कार्यसमितिले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको छ । यसको साथै विभिन्न सांस्कृतिक कार्यक्रमको लागि जापानमा जन्मेका बालबालिकाहरूलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरेको कार्यक्रमका विशेष अतिथि गैर आवासीय नेपाली संघ जापानका उपाध्यक्ष देवराज उप्रेतिले वताए। उक्त देउसी भैलो कार्यक्रममा सेलरोटी,नेपाली अचार ,नेपाली परिकार समेत बनाई अतिथिहरूलाई खुवाएका छन् ।

प्रारम्भमा लक्ष्मी पूजा गरिएको थियो भने पूजामा कामना कार्यक्रमका प्रमुख अतिथि धर्मराज अधिकारीले पूजा अर्चना गरेका थिए ।लक्ष्मी पूजा पछि तिहारका गीतहरूमा बिभिन्न नृत्यहरू प्रस्तुति गरेका थिए ।

कार्यक्रम अगाडी गैर आवासीय नेपाली संघ  क्यूशु क्षेत्रीय कार्यसमितिका उप-संयोजक कृष्णहरि पाठकले सबैलाई स्वागत गरेका थिए । गैर आवासीय नेपाली संघ क्यूशु क्षेत्रीय कार्यसमितिका संयोजक भिम वहादुर गुरुडंले कार्यक्रमको सभापतित्व समेत गरेका थिए। गाउॅंले रेस्टुटेनका संचालक मनहनसिंह मडैको होटलमा देउसी टोलीले देउसी खेलेका थिए ।

देउसी भैलो खेल्दै गर्दा थुप्रै जनाले सहयोग गरेका थिए ।देउसी भैलो कार्यक्रमको लागि अत्यधिक सहभागिता भएकोले सभाकक्ष सानो हुन् पुग्यो। दर्शकहरू उभिनुको साथै अगाडी भुईँमा समेत बस्नु परेको थियो । खचाखच भिड हुँदा र महिलाहरूले भैलो खेल्दा र गीतहरूमा उफ्रिदा र नृत्य गर्दा अप्ठारो समते भएको थियो।कार्यक्रमको संचालन गैर आवासीय नेपाली संघ  क्यूशु क्षेत्रीय कार्यसमितिका सचिव केशव लामिछानेले गरेका थिए।

तपाईको प्रतिक्रिया