एक बर्षभित्रमा सबै घरमा शुद्व खानेपानी पुर्‍याउछौँ :वडाध्यक्ष देवकोटा

कालिकोट/शान्नीत्रिवेणी गाउॅंपालीका वडा -३ का वडाध्यक्ष रंगलाल देवकोटा शान्नीत्रिवेणी गाउॅंपालीकाका आशालाग्दा युवा नेता हुन्।स्थानीय तहको निर्वाचनमा ३६०मत ल्याएर जनताका प्रिय नेताका रुपमा उदाएका देवकोटाले वडाको नेतृत्व सम्मालेको २.५ बर्ष पूरा भई सकेको छ।यो अबधिमा वडाले गरेको बिकास निर्माणका के-के काम भए ।वडाकार्यालय लाई कसरी आर्थिक समृद्धिका रुपमा विकसित गर्न सकिन्छ ।लगायतका विविध विषयमा केन्द्रित रहेर वडाध्यक्ष देवकोटा संग गरेको कुराकानी।
• हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

म हिजोआज वडाको काममा व्यस्त छु।
• तपाईंले निर्वाचित भइसके पछि हालसम्म के-के गर्नु भयो ?
म निर्वाचित भएपछि वडा लाई विकास निर्माणका हरेक हिसाबले अगाडि बढाउने प्रयास गरेको छु।प्रदेश र संघीय सरकारसँग समन्वय गरि वडाको सबै टोल-टोलमा सडक संज्याल पुर्‍याउनका लागि डिपिआर भई काम सुरुवात भएको छ।उज्यालो बनाउने अभियान अन्तर्गतसबै टोल-टोलमा विद्यु वलिसकेकोछ ।२०५२ साल वाट अल्पत्र परेको कालापाल्त वृहत खानेपानी सबै घर-घरमा मिटर सहितका एक-घरएक-धारा एक वर्षमा पुरा गर्ने  लक्ष्यलिएको छु। भन्दा म निर्वाचित भएपछि वडाको समग्र विकासले फड्को मारेको छ। भाडामा रहेको वडा कार्यालय लाइ आफ्नै वडा कार्यालय वनाएका छौं ।पालिकाकै उत्कृष्ट वथ्निडं सेन्टर को काम अगाडि वढाएको छु। दलित वस्तिमा एक घर एक सोलार वितरण गरेको छौं। यो आउने। वर्ष भित्र वडा लाइ पूर्ण सरसफाई वडा घोषणा समते गर्ने तयारी गरेका छौं।

• तपाईंको नजरमा वडाको आर्थिक समृद्धिका आधारहरु के-के हुन ?

यहां नागरिकहरुको गरिबी निकै दयनीय छ।यहाँका अंधिकाश नागरिकहरु गरिविको रेखामुनि छन् ।यस वडाको आर्थिक समृद्धिका आधार भनेकै कृषि क्षेत्र हो ।यहाँको गरीबी अन्त्य गर्नको लागि आधुनिक कृषि प्रर्णालीमा जोड् दिएका छौ।मह,ध्यू,टिमुर,ओखर,सुन्तला,कागती ,उखु ,तरकारी,पशुपालन र काठ उत्पादनको पकेट क्षेत्र नै आर्थिक विकासको मुख्य आधार बनाएका छौं ।
• यहाँको पर्यटन क्षेत्रको विकासका लागि वडाले के-कस्तो योजना बनाएको छ?
यस वडामा पर्यटकीय हिसाबले महत्त्वपूर्ण धार्मिक स्थलहरु रहेका छन्। रकु मुम्रा सडक लाइ जोड्न सकियो भने यस वडा भित्र पर्ने सम्पूर्ण धार्मिक स्थलहरु,मठमन्दिर,लाई व्यवस्थित गरेर पर्यटकीय हिसाबले विकास गर्ने मास्टर पलान बनाएका छौं ।
• तपाईं वडाको कार्य सम्पादन प्रति सन्तुष्ट हुनुहुन्छ ?
काम गर्दै जाँदा बाहिरबाट अभिमत राख्न जति सहज छ। त्यसको कार्यान्वयन गर्न निकै गाह्रो छ।मेरो कार्यकाल २.५बर्ष पूरा गरि तेस्रो बर्षमा प्रवेश गर्दै गर्दा विभिन्न चुनैतिको बिचमा काम गर्दै आएको छु।२.५ बर्षको समय अबधिमा कानुन निर्माणदेखि विकास निर्माणका कामहरू भएका छन् ।शुन्य विन्दुबाट काम गर्नु पर्दाका जटिलता लाई चिर्दै विकास निर्माण लाई गति लिएका छन् ।समग्रमा वडाको कार्य सम्पादन सन्तोषजनक नै छ।
• जनप्रतिनिधिले भ्रष्टाचार गर्ने इच्छाअनुसार योजना बनाउछन् भन्ने आरोप छ नि?
जनप्रतिनिधिले भ्रष्टाचार गर्नकै लागि योजना बनाउछन् भन्ने कुरा सरासर गलत छ।तर सयौंको भिडमा एक/दुई जना व्यक्तिमा भ्रष्टाचारको संका गर्ने ठाउँ हुनसक्छ ।हिजोआज उपभोक्ता समिति वस्नको लागि मुद्दा लड्नुपर्ने अवस्था छ।उपभोक्ता समिति मार्फत भएका योजनाहरु दिगो छैनन् ।उपभोक्ता समितिमा बसेपछि भ्रष्टाचार गर्ने पाइन्छ भन्ने एक प्रकारका नागरिकहरुको सञ्जाल नै छ।केही विकासे योजनाहरुमा केही जनप्रतिनिधिहरु प्रभावित भएको पाइन्छ ।कार्यपालिका बैठक ,नगरसभामा पनि यस्ता विषयहरु आउने गरेका छन् ।तर भ्रष्टाचार गर्नकै लागि जनप्रतिनिधिले इच्छा अनुसार योजना बनाउछन् भन्ने कुरा गलत छ।
• अन्तमा के भन्नू हुन्छ ?
सम्पूर्ण वडाबासि लाई नयाँ उर्जा हौसलाका साथ निर्माणको अभियानमा जुट्न सबै वडाबासि लाई आह्वान गर्दछु ।आफ्ना टोल-टोलमा भएका विकास निर्माण लाई दिगो र पार्दर्शी बनाउन सहयोग गर्न अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया