प्रकाश बराल/कालिकोट जिल्लामा लामो समय देखि शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रमा काम गर्दै आएको ए-टुजेट एकेडेमी ट्रेनिङ सेन्टरले ५ औँ बर्ष पूरा भएर ६ओैं बर्षमा प्रवेश गरेको छ ।
मंगलबार बिहान चियापान कार्यक्रम गरि ए-टुजेट एकेडेमी ट्रेनिङ सेन्टरकाे जन्मउत्सव मनाईएकाे छ । कार्यक्रम काे शभाध्यक्षता ए-टुजेट एकेडेमी ट्रेनिङ सेन्टरका ब्यवस्थापक लक्ष्मण कुमार शाही , प्रमुख अतिथि पत्रकार महासंघ शाखा कालिकोट का अध्यक्ष भरतराज बिष्ट र विशेष अतिथि अनेरास्ववियु केन्द्रीय सदस्य हिक्मतजंग मल्ल,नेपाल गाेजु-रियाे कराँते दाे-संघ शाखा कालिकोट का अध्यक्ष सिहान प्रेमसिंह तिरुवाले गर्नुभएको छ।
उक्त कार्यक्रम अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कालिकोट जिल्लाका बिद्यार्थी आन्दोलन का शसक्त र हाेनाहार युवा हिक्मतजंग मल्लले कालिकोट जिल्लाकाे शैक्षिक अवस्था लाई मध्यनजर गर्दै कालिकोट जिल्लाकाे शैक्षिक रुपान्तरण गर्नका लागि ए-टुजेट एकेडेमी एण्ड ट्रेनिङ सेन्टर मा अध्यन गर्ने सम्पूर्ण बिद्यार्थी लाई बिज्ञान बिषय नि:शुल्क पढाउने प्रतिबद्धता जनाउनु भएकाे छ । २०७९-असार १६ गते बेलुका बाट नै विभिन्न बिसयका कक्षाहरु संचालन हुने प्रिन्सिपल सुर्यश शाहीले बताउनु भएकाे छ ।
हिक्मतजंग मल्लले बिज्ञान बिषय ए-टुजेटमा नि:शुल्क पढाउने
तपाईको प्रतिक्रिया
दियो खबर । १४ असार २०७९, मंगलवार २१:३९