सुर्खेत/कालीकोट जिल्लाको रास्कोट नगरपालिका निमित्तको भरमा सञ्चालन भईरहेको छ । नगरप्रमुख, उपप्रमुख सहित नगरका नौ वडा मध्य छ वडा अध्यक्ष जिल्ला वाहिर गोष्टीमा गएका कारणले नगरपालिका सहित छ वडा पनि यतीवेला निमित्तले सञ्चालन गरिरहेका छन । नागरिकको सेवामा दत्तचित्त भएर काम गछौ भन्दै जनता माझ कसम खाएको सेलाउन नपाउदै नगरप्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज वराल, वडा नं ३, ४, ५, ६ र ९ का वडा अध्यक्ष सुर्खेतमा एक गैरसरकारी सँस्थाले आयोजना गरेको गोष्टीमा सहभागी हुन गएका छन ।
नगरप्रमुख उपप्रमुख सहित छ वडाअध्यक्ष नगर वाहिर रहेकाले अहिले नगर देखि वडा सम्मका काम सबै रोकिएका छन । आर्थिक मसान्तमा योजनाको भुक्तानी, अनुगमन, भुक्तानीका लागि सिफारिस आदी सबै रोकिएको स्थानीयको गुनासो छ । निमित्तले दैनिक सामान्य सिफारिस मात्र दिने अधिकार भएकाले नगरपालिका पुगेका नागरिक वाहिरवाटै फर्केर आउने गरेको सेवाग्राहीहरुको गुनासो छ । वर्षातका कारणले गत वर्ष घरपुर्णरुपमा क्षती भएको तर घर पुर्ननिमार्णका लागि छनोटमा नपरेपछि नगरपालिका वुज्न जानु भएका रास्कोट नगरपालिका वडा नं दुईका हंशराज सज्यायले कुनै जानकारी नपाएर फर्किनु परेको बताउनुभयो ।
सज्यालले आफ्नो घरका वारेमा जानकारी लिन प्रमुख प्रशासकिय अधिकृत, नगरप्रमुखलाई भेट्न गएको थिए । तर कोही भेटिनु भएन । धेरैलाई सोधेपछि उहाँहरु सुर्खेत जानु भएको भन्ने सुनेको बताउनुभयो । रास्कोट नपा वडा नं एकका चरित्रराज न्यौपानेले नगरपालिका प्रमुख उपप्रमुख सहित छ जना वडा अध्यक्ष सुर्खेतमा गोष्टी छ भन्दै गएको आफुले पनि जानकारी पाएको सुनाउनुभयो । उहाँले यता सोझा साझा वडा अध्यक्ष मात्र रहेको बताउनुभयो । वडा नं १, २ र ७ वडाका अध्यक्ष मात्र वडामा छन । नगरसभा असार नौ गते सम्पन्न गरेर १० गते कार्यपालिका वैठक राखि प्रमुख उपप्रमुख र छ जना वडा अध्यक्ष सहित प्रमुख प्रशासकिय अधिकृत सुर्खेत गैससको गोष्टिमा सहभागी हुन गएको नगरसभा सदस्य बिर्ख साकीले पुष्टि गर्नुभयो ।
उसो त नगरप्रमुख धर्मराज शाहीले पनि आफु र उपप्रमुख बिषेश कामले सुर्खेत झरेको बताउनुभयो । उहाँले अन्य वडा अध्यक्षका वारेमा भने केही जानकारी गराउनुभयो । उहाँले आफ्नो र उपप्रमुखको काम परेको भन्दै आएको बताउनुभयो । वजेटका वारेमा फोन गर्दा आफुलाई जानकारी नभएको बताउदै नगरका प्रवक्तालाई सोध्न अराउनुभयो । तर प्रवक्ता धनवहादुर धामीले समेत फोन उठाउनु भएन । प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले आफु पनि सुर्खेतमा आएको नगरप्रमुख उपप्रमुख सबै यता आएकाले आफुपनि सानो कामका लागि आएको भन्दै दुई तीन दिन भित्र नगरमा पुग्ने सुनाउनुभयो । नगरपालिका खाली छोड्दा नागरिकलाई भने सास्ती भईरहेको छ । संगै जोडिएको शान्नीत्रिवेणी गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता घर घरमै पुगेर वाढिरहेका वेला रास्कोटका सबै जनप्रतिनिधि नगर वाहिर हुनु दुखद भएको नागरिक समाजका अगुवाहरुको भनाई छ ।
रास्कोट नपा सहित छ वडा निमित्तको भरमा
तपाईको प्रतिक्रिया
दियो खबर । १३ असार २०७९, सोमबार १८:३९