बजेट विनियोजनमा मुख्यमन्त्री र कर्मचारीको हालिमुलि

सुर्खेत / कर्णाली प्रदेशको निति कार्यक्रम र वजेट मन्त्रालयका सचिव उपसचिव कर्मचारी र केही शक्तीसाली मन्त्रीको वरिपरी राखेको पाईएको छ । बिभागिय मन्त्रीसंग सल्लाह नै नगरी सचिवले आफु खुसि र केही मुख्यमन्त्री र अर्थमन्त्रीको योजनामा वजेट राखेपछि मन्त्रीले फरक मत राखेका छन् ।
आ.ब २०७९÷८० को बजेटमा कर्णाली प्रदेशको भौतिक पुर्बाधार तथा शहरी बिकास मन्त्रालयको सचिबले सबै भन्दा वढि मनोमानी गरेको श्रोतले जनाएको छ । सचिव संगै केही कर्मचारीको अकर्मण्यताका कारण योजनामा मन्त्रीको जानकारी बिना जथाभावी बजेट राखिएको वताईएको छ । जहाँ आवस्यक्ता थियो त्यहाँ छैन, आफ्ना मान्छेका साथै मुख्यमन्त्री र अर्थमन्त्रीलाई रिजाउ सचिव प्रेमदत्त भट्टले योजनाको लागत योजना आकार र आवश्यकता भन्दा बढी नयाँ योजनाहरु समाबेश गरेर वजेट राखेको गुनासो आएको छ ।
यस बिषयमा मन्त्री पदम वहादुर रोकायाले समेत मनोमानी भएकाले आफुले वजेटका बिषयमा मुख्यमन्त्री र अर्थमन्त्रीसंग कुरा राखेको बताईएको छ । उनले मनोमानी हुदैन मन्त्रालयको मुख्य मान्छे मन्त्री हो । उसैलाई छलेर मेरो मन्त्रालयको वजेट वनाउने अधिकार सचिवलाई समेत नभएकाले यस बिषयमा गम्वीर छलफल गर्ने बताए । योजनामा मुख्यमन्त्रीले हस्तक्षेप गरेर आफ्नै कार्यकक्षमा बोलाई अर्थमन्त्री र मुख्यमन्त्रीले सम्बन्धित बिभागिय मन्त्रीलाई दबाब दिएर फेरि पनि नयाँ योजनाहरु समबेश गरेको देखिन्छ ।
तर सचिव भट्टले भने मन्त्रीको सल्लाह बिना कुनै पनि योजना आफुले समावेस नगरेको भन्दै मन्त्रीलाई नै आफु सहभागी थिए की थिएन भन्ने कुरा सोध्न अनुरोध गरेका छन् । तर मुख्यमन्त्री जिवन वहादुर शाहीले आफ्नो कार्यकक्षमा वोलाउदै सचिवलाई योजना राख्न लगाएको पनि गुनासो आएको छ ।
बिहवार केही मन्त्रीलाई वोलाएर छलफल गरेका मुख्यमन्त्री शाहीले सोही दिन सचिवलाई वोलाएर योजनामा वजेट तलमाथि गर्न लगाएको गुनासो छ । यस बिषयमा मुख्यमन्त्रीको कार्यालय पनि आफु वेखवर छ । मुख्यमन्त्रीको हस्तक्षेत्रमा सुृर्खेत ३० ओयाजना, दैलेखमा १५ र अन्य जिल्लामा आफु अनुकुल्ताका दश,दश योजना वनाएर वजेट राखेको पाईएको छ ।

 

तपाईको प्रतिक्रिया