हस्त चौलागाँई/कालीकोट जिल्लाको तिलाकर्णाली बहुमुखी क्याम्पसको सार्वजनिक जग्गामा पोखरी बनाइएको छ । नि वर्तमान वडा अध्यक्ष महाविर पाण्डेको अगुवाईमा क्याम्पसको जग्गामा पोखरी बनाएका छन् ।
क्याम्पस प्रमुख रुद्र प्रसाद सापकोटाका अनुसार क्याम्पसको जग्गामा पोखरी नबनाउनु भनेर बारम्बार भन्दा पनी नि वर्तमान वडा अध्यक्ष महाविर पाण्डेको अगुवाईमा रहेको उपभोक्ता समितिले जवरजस्ती पोखरी बनाएको बताएका छन् । क्याम्पसको कुनै निर्णय नभएरै अठेर गरी पोखरीको ढलान समेत भइसकेको छ ।
क्यामपसको जग्गा समुदायले दिएर क्याम्पसको नाममा भइसकेको तर अहिले नि वर्तमान वडा अध्यक्ष महाविर पाण्डेको अगुवाईमा बनेको उपभोक्ता समितिले जवरजस्ती पोखरी निर्माण गर्न लागेको कुरा क्याम्पस प्रमुख रुद्र प्रसाद सापकोटाले बताए हुन् । उनले भने क्याम्पससंग कुनै सल्लाह नगरी डोजरको प्रयोग गरेर पोखरी निर्माणका लागि काम थालेका हुन ।क्याम्पस परिवारलाई थाहा नदिएर विश्व विद्यालयमा निवेदन दिएका छौ,समुदायले दिएको जग्गामा पोखरी निर्माण गछौ भन्दै क्याम्पस माथी दादागीरी जमाएको क्याम्पस परिवारको भनाई छ । विश्वविद्यालयबाट कुनै स्वीकृत नआएरै पोखरी निर्माणको काम भइरहेको छ ।
क्याम्पस प्रमुख सापकोटाले जग्गा दिने सहमती नभएरै नि वर्तमान वडा अध्यक्ष महाविर पाण्डेको अगुवाईमा बनेको उपाभोक्ता समितिले जवरजस्ती काम थालेको आरोप लगाएका छन् । नत क्याम्पसको निर्णय छ नत विश्वविद्यालयले स्वीकृत नै दिएको छ । महाविर पाण्डे वडा अध्यक्ष हुँदा वडा कार्यालयमा गएर क्याम्पस परिवारले बारम्बार यो काम बन्द गर्नुहोस, हामी जग्गा दिन्नौ भन्दा भन्दै पनी अटेर गरेर काम थालेको आरोप क्याम्पसको छ ।
कर्णाली प्रदेश सरकार शर्सत अनुदानबाट १५ लाख रकम विनियोजन भएको थियो । गत २०७८ साल माघ २० गते वडा अध्यक्ष महाविर पाण्डेले सम्झौता गरीदिनका लागि नगरपालिकाकमा सिफारिस गरेका थिए ।
उपभोक्ता समितिको अध्यक्षमा नि वर्तमान वडा अध्यक्ष महाविर पाण्डेले आफ्नै भाई सर्पराज पाण्डेलाई अध्यक्ष बनाई क्याम्पसको जग्गामा जवरजस्ती काम थालेका छन् । क्याम्पस प्रमुख रुद्र प्रसाद सापकोटाले समुदायको हितको लागि जग्गा दिन सकिन्थ्यो तर सल्लाह बिना नै जवरजस्ती काम थालेकाले कानुन बमोजिम अगाडी बढ्ने बताएका छन् ।
खाँडाचक्र नगरपालिका-३ स्थित ताडी पाण्डे बृहत सिचाई योजना निर्माण समितिको गठन भई क्याम्पस हाताभित्र पोखरी निर्माण गरेका छन् । माथिल्लो निकायसंग कुनै सल्लाह नगरी काम थाल्नुमा समुदाय पनी आक्रोस भएका छन् । उपभोक्ता समिति गठन गर्दा आफ्नौ नातागोतालाई बनाउने,क्याम्पसको जग्गामा जवरजस्ती पोखरी निर्माण गर्ने,क्याम्पससंग सल्लाह नगर्ने जस्ता ब्यवहारले लुटपात गर्न खोजेको समुदायको आरोप छ । नि वर्तमान वडा अध्यक्ष महाविर पाण्डेलाई यस विषयमा बुझ्दा त्यो पोखरी क्याम्पसले पनी प्रयोग गर्छ,क्याम्पसमा पड्ने विद्यार्थीहरुले पौडी खेल्छन्,समुदायले सिचाई गर्छन भन्दै झुर जवाफ दिएर फोन काटेका हुन । १५ लाख रकममा ५ लाख पेश्की गइसकेको खाँडाचक्र नगरपालिकाले जनाएको छ ।
क्याम्पसको जग्गामा दादागीरी क्याम्पसलाई अटेर गर्दै बन्यो पोखरी
तपाईको प्रतिक्रिया
दियो खबर । २५ जेष्ठ २०७९, बुधबार १४:५५