रुकुम/रुकुम पश्चिम स्थित नेकपा माओवादी केन्द्र त्रिवेणी गाँउपालिकाका अध्यक्ष गणेश खड्का हिजो बेलुका रिहा हुनु भएको छ । चौरजहारी नगरपालिका वडा नं। १४ स्थित प्रहरी चौकी तोडफोड भएको घटनाको सम्बन्धमा सोधपुछको लागि भन्दै प्रहरीले हिजो विहान खड्कालाई सिम्रुतुबाट नियन्त्रणमा लिएको थियो ।
खड्कालाई प्रहरीले हिजो बेलुका माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनको जिम्मामा छोडेको हो । आवश्यक परेको बेला जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने गरी रिहा गरिएको प्रहरीले जनाएको छ । वैशाख २२ गते कांग्रेस र माओवादी कार्यकर्ता विचमा झडप भएको थियो । जुन विवादले उग्र रुप लिएपछि नुवाकोट प्रहरी चौकीमा समेत क्षेति पुगेको थियो ।
कांग्रेसले माओवादी कार्यकर्ताहरुले आक्रमण गरेर आफ्ना कार्यकर्ताहरुलाई घाइते बनाएको बताएको थियो भने कांग्रेस कार्यकर्ताको आक्रमणमा आफ्ना कार्यकर्ताले प्रतिकार गरेको माओवादीले जनाएको थियो । उक्त घटनामा आधा दर्जन बढी कांग्रेस कार्यकर्ता घाइते भएका थिए ।
त्यस्तै माओवादीका अुनसार कांग्रेस कार्यकर्ताहरुले माओवादी वडा पार्टी कार्यालय सहित केही नेताका घर र मोटरसाईकलमा तोडफोड गरेका थिए ।
नेकपा माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष खड्का रिहा
तपाईको प्रतिक्रिया
दियो खबर । २८ बैशाख २०७९, बुधबार ११:२७