रुकुम/नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लामा भइरहेका हुलदंगा र झगपप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । एक सयुंक्त अपिल जारी गर्दै दुवै दलले घटनाप्रति आपत्ति पनि प्रकट गरेका छन् । कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओली र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाको हस्ताक्षरमा जारी अपिलमा केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथी नै प्रहार हुने गरी भइरहेका अवाञ्क्षित क्रियाकलापबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण नहुने उल्लेख छ । चुनाव प्रचार प्रसारका क्रममा एकअर्काप्रति उत्तेजक भाषण नगर्न,संयमित रुपमा प्रस्तुत हुन, मानिसको भिडभाड नगराउन,एउटा वडामा अर्को वडाका व्यक्तिहरु नल्याउन आग्रह गरिएको छ ।
दुवै दलले निर्वाचन प्रचार प्रसारका क्रममा आचार संहिताको पूर्ण पालना गर्न, झइरहेको झडपजन्य गतिविधि तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिसप्रधाको वातावरण बनाउन अपिल गरिएको छ ।अर्थमन्त्री जनादर्न शर्माको मुख्य उपस्थिति,मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगायतको उपस्थिति भएको सर्वदलिय बैठकले यस्तो अपिल जारी गर्ने निर्णय गरेको थियो । केही दिनदेखि जिल्लामा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भइरहेको छ ।
जिल्लामा भइरहेको झडप प्रति कांग्रेस(माओवादी)को ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
दियो खबर । २७ बैशाख २०७९, मंगलवार १५:३६