अबको एक बर्षभित्र सबै वडाहरु सडक संन्जालमा जोडिसक्छौ:नगर-प्रमुख पाण्डे

खाँडाचक्र नगरपालीका नगर-प्रमुख जसि प्रसाद पाण्डे कालिकोट जिल्लाका आशालाग्दा युवा नेता हुन्।स्थानीय तहको निर्वाचनमा २२०० मत ल्याएर जनताका प्रिय नेताका रुपमा उदाएका पाण्डेले नगरको नेतृत्व सम्मालेको तीन बर्ष पूरा भई सकेको छ।यो अबधिमा नगरले गरेको बिकास निर्माणका के-के कामभए । खाँडाचक्र नगरपालिका लाई कसरी आर्थिक समृद्धिका रुपमा विकसित गर्न सकिन्छ ।लगायतका विविध विषयमा केन्द्रित रहेर नगर-प्रमुख पाण्डेसंग गरेको कुराकानी।
• हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
म हिज आज विश्वमहामरी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट जनता लाई कसरी बचाउनेमा केन्द्रित छु।लकडाउन केही खुकुलो भए पनि अवस्था सहज भएको छैन् ।म पनि कोरोना नियन्त्रणकै अभियानमा व्यस्त छु।
• तपाईंले निर्वाचित भइसके पछि हालसम्म के-के गर्नु भयो ?
म निर्वाचित भएपछि नगरलाई विकास निर्माणका हरेक हिसाबले अगाडि बढाउने प्रयास गरेको छु।प्रदेश र संघीय सरकारसँग समन्वय गरि नगरका सबै वडा-वडामा सडक संज्याल पुर्‍याराउने काम भई रहेको छ।उज्यालो बनाउने अभियान अन्तर्गतसबै वडा-वडामा विद्युतका पोल गाड्नेकाम भइ रहेको छ भने केही वडामा बत्ती पनि जलिसकेको छ। मुहान शुद्ध खानेपानी सबै घर-घरमा मिटर सहितका एक-घरएक-धारा पुर्‍याउने लक्ष्यलिएको छु।प्रदेश र संघीय सरकारसँग समन्वय गरेर नगरमा ठूलो मात्राको बजेट पार्न सफल भएका छौं। समग्रमा भन्दा म निर्वाचित भएपछि नगरको समग्र विकासले फड्को मारेको छ।
• तपाईंको नजरमा नगरको आर्थिक समृद्धिका आधारहरु के-के हुन ?
खाँडाचक्र नगरपालिका कालिकोट जिल्ला को सदरमुकामको नगरपालिका हो ।तर यहाँका नागरिकहरुको गरिबी निकै दयनीय छ।यहाँका अंधिकाश नागरिकहरु गरिविको रेखामुनि छन् ।यस नगरको आर्थिक समृद्धिका आधार भनेकै कृषि क्षेत्र हो ।यहाँको गरीबी अन्त्य गर्नको लागि आधुनिक कृषि प्रर्णालीमा जोड् दिएका छौ।दुध,ओखर,स्याउ ,कागती ,आरु ,उखु ,सुन्तला ,तरकारी,पशुपालन उत्पादनको पकेट क्षेत्र नै आर्थिक विकासको मुख्य आधार बनाएका छौं ।
• यहाँको पर्यटन क्षेत्रको विकासका लागि वडाले के-कस्तो योजना बनाएको छ?
यस नगरमा पर्यटकीय हिसाबले महत्त्वपूर्ण धार्मिक स्थलहरु रहेका छन्। कोटदरबार,पंचदेवल,चुलिमालिका,पुजामालिका,यस नगर भित्र पर्ने सम्पूर्ण धार्मिक स्थलहरु,मठमन्दिर,लाई व्यवस्थित गरेर पर्यटकीय हिसाबले विकास गर्न मास्टर पलान बनाएका छौं ।
• तपाईं नगरको कार्य सम्पादन प्रति सन्तुष्ट हुनुहुन्छ ?
काम गर्दै जाँदा बाहिरबाट अभिमत राख्न जति सहज छ। त्यसको कार्यान्वयन गर्न निकै गाह्राे छ।मेरो कार्यकाल तीन बर्ष पूरा गरि चौथो बर्षमा प्रवेश गर्दै गर्दा विभिन्न चुनैतिको बिचमा काम गर्दै आएको छु।तीन बर्षको समय अबधिमा कानुन निर्माणदेखि विकास निर्माणका कामहरू भएका छन् ।शुन्य विन्दुबाट काम गर्नु पर्दाका जटिलता लाई चिर्दै विकास निर्माण लाई गति लिएका छन् ।समग्रमा नगरको कार्य सम्पादन सन्तोषजनक नै छ।
• जनप्रतिनिधिले भ्रष्टाचार गर्ने इच्छाअनुसार योजना बनाउछन् भन्ने आरोप छ नि?
जनप्रतिनिधिले भ्रष्टाचार गर्नकै लागि योजना बनाउछन् भन्ने कुरा सरासर गलत छ।तर सयाैंको भिडमा एक/दुई जना व्यक्तिमा भ्रष्टाचारको संका गर्ने ठाउँ हुनसक्छ ।हिजोआज उपभोक्ता समिति वस्नको लागि मुद्दा लड्नुपर्ने अवस्था छ।उपभोक्ता समिति मार्फत भएका योजनाहरु दिगो छैनन् ।उपभोक्ता समितिमा बसेपछि भ्रष्टाचार गर्ने पाइन्छ भन्ने एक प्रकारका नागरिकहरुको सञ्जाल नै छ।केही विकासे योजनाहरुमा केही जनप्रतिनिधिहरु प्रभावित भएको पाइन्छ ।कार्यपालिका बैठक ,नगरसभामा पनि यस्ता विषयहरु आउने गरेका छन् ।तर भ्रष्टाचार गर्नकै लागि जनप्रतिनिधिले इच्छा अनुसार योजना बनाउछन् भन्ने कुरा गलत छ।
• अन्तमा के भन्नू हुन्छ ?
सम्पूर्ण नगरबासि लाई नयाँ उर्जा हौसलाका साथ निर्माणको अभियानमा जुट्न सबै नगरबासि लाई आह्वान गर्दछु ।आफ्ना वडा-वडामा भएका विकास निर्माण लाई दिगो र पार्दर्शी बनाउन सहयोग गर्न अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया