पेट्रोल र डिजेलको मूल्य घट्यो

कालिकोट/नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

भारतबाट इन्धनको मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। नयाँ मूल्य आज (मंगलबार) राति १२ बजेदेखि लागू हुनेछ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर ३ रुपैयाँ १५ पैसा र डिजेलको २ रुपैयाँ ६२ पैसाले घटाइएको छ। मट्टीतेलको मूल्य पनि समान अनुपातमा घटाइएको छ।

नयाँ समायोजनपछि उपभोक्ताले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया