कालिकोट समाजवादी महिला संघको अध्यक्षमा पुष्पा सिंह

कालिकोट — नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) कालिकोटको अध्यक्षमा पुष्पा सिंह चयन भएकी छन्। आइतबार रास्कोटमा सम्पन्न सातौं जिल्ला सम्मेलनबाट सिंहको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कमिटी घोषणा गरिएको हो।

कमिटीमा दुर्गा बिष्ट उपाध्यक्ष, अम्बिका जैसी सचिव, बिजकन्या बराल कोषाध्यक्ष र धर्मकन्या बम उप–सचिव चयन भएका छन्।

सम्मेलन अनेमसंघकी पूर्व जिल्ला अध्यक्ष किष्णकला पाण्डेको अध्यक्षता तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समाजवादी प्रेस संगठनका जिल्ला उपाध्यक्ष प्रभुराम पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया