कालिकोट/ नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं जिल्ला अधिवेशनको बन्द सत्र आइतबारदेखि कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा सुरु भएको छ। कार्यक्रम जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेको सभाध्यक्षतामा सुरु भएको हो।
बन्द सत्रमा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री प्रकाश ज्याला, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही विशेष अतिथिका रूपमा सहभागी छन्।
अधिवेशनका बारेमा समाजवादी प्रेस संगठन, कालिकोटका जिल्ला उपाध्यक्ष प्रभुराम पाण्डेले जानकारी दिएका छन्।
उनका अनुसार बन्द सत्रले १ अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव, ३ उपसचिवसहित ६७ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ।
दियो खबर । ३० चैत्र २०८१, आईतवार ०९:५४