टोकियो/ जापानको फुकुओका शहरमा १२औं नेपाल फेस्टिवल फुकुओकाको पहिलो दिन आज औपचारिक उद्घाटन समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, परम्परा र एकताको रंगीन झल्को दिएको कार्यक्रममा जापानभरिका नेपालीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
नेपाली लोकनृत्य, सांगीतिक प्रस्तुति, परम्परागत परिकार तथा हस्तकला सामग्रीका आकर्षक स्टलहरूले कार्यक्रम स्थललाई उत्सवमय बनाएका थिए। फेस्टिवलले जापानमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, सांस्कृतिक पहिचानको प्रवर्द्धन र सञ्जाल विस्तारमा टेवा पुर्याउने उद्देश्य लिएको आयोजकहरूले जनाएका छन्।
एनआरएन जापानका उपाध्यक्ष देवराज उप्रेतिका अनुसार फेस्टिवलमा नेपालीसँगै जापानी समुदायको पनि उत्साहजनक सहभागिता देखिएको छ। उहाका अनुसार यस वर्षदेखि फेस्टिवल दुई दिनसम्म आयोजना हुने भएको हो, जसअनुसार भोलि दोस्रो दिन पनि विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
आयोजकहरूले विशेषगरी फुकुओकाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्।
दियो खबर । २९ चैत्र २०८१, शनिबार २१:५३