नेपाल उत्पीडित जातीय मुक्ती समाज कालिकोटको अध्यक्षमा रमेश नेपाली

कालिकोट — नेपाल उत्पीडित जातीय मुक्ती समाज कालिकोटको पाँचौँ जिल्ला सम्मेलनले रमेश नेपालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। सम्मेलनले आगामी कार्यकालका लागि नयाँ समिति चयन गरेको हो।

सम्मेलनको उद्घाटन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ती समाज नेपालको केन्द्रीय सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री क. जितु गौतमले गरेका थिए। विशेष अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज नगेन्द्र शाही “नेश्नल”, पूर्व कृषि मन्त्री कुर्मराज शाही, मुक्ती समाजका केन्द्रीय सदस्यहरू क. हिक्मत बि.क., क. तोरण बि.क., तथा मुक्ती समाज कर्णाली प्रदेश कमिटीका अध्यक्ष क. प्रवासी बि.क. लगायत नेताहरूको उपस्थिति रहेको थियो।

नयाँ नेतृत्वमा उपाध्यक्ष हर्क कामी र जुना कुमाल, सचिव गम्म तिरुवा, उपसचिव निलु ढोली र दिपक बिक तथा कोषाध्यक्षमा गोरिकला बिक चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष रमेश नेपालीले संगठनले उत्पीडित समुदायको हकअधिकारका लागि अझै प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “जातीय विभेद र उत्पीडन अन्त्यका लागि हाम्रो संगठनले सशक्त अभियान सञ्चालन गर्नेछ। समानता, अधिकार र न्याय सुनिश्चित गर्न सबै तहमा पहल गरिन्छ।”

सम्मेलनमा संगठनका जिल्ला तथा स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता तथा स्थानीय नेताहरूले जातीय समानताका विषयमा आआफ्नो धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया