महिलाका लागि निर्वाचन क्षेत्र आरक्षणको व्यवस्था गरौँ- सांसद विशुन्के

काठमाडौं / नेकपा एकीकृत समाजवादीकि महिला नेतृ एवम् सांसद पार्वती विशुन्केले महिलाका लागि निर्वाचन क्षेत्र आरक्षणको व्यवस्था गर्न माग गर्नुभएको छ ।  सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विशुन्केले  महिला उम्मेदवारीको सुनिश्चितताका लागि निर्वाचन आयोगको मस्यौदालाई कानुनमा समावेश गर्न सभामुखलाई रुलिङ गरिदिन माग गर्नुभएको हो  ।
विगतका निर्वाचनमा स्थानीय तहमा महिलालाई उप तथा संघ र प्रदेशको निर्वाचनमा समानुपातिक भन्ने प्रथा जस्तै चल्दै आएको आरोप लगाउनु भएको छ ।  मंसिर ४ मा हुन लागेको संघ, प्रदेशको निर्वाचनलाई समानुपातिक समावेशी बनाउन भन्दै उहाँले , ‘संविधानको धारा ३८ को उपधारा ४ को कार्यान्वयन हुनेगरि निर्वाचन आयोगलाई महिलाको उचित र संविधान सम्वत प्रतिनिधित्व गराउन महिलाका लागि निर्वाचन क्षेत्र आरक्षणको व्यवस्था गरौँ।’
निर्वाचन आयोगले तयार पारेको निर्वाचन मस्यौदा  कानुनमा समावेश गर्न लगाई त्यस मस्यौदा कानुन सदनमा फास्ट ट्रयाकबाट पास गरि महिलाको उचित प्रतिनिधित्व कायम हुनुपर्ने उहाँको भनाइ छ। संविधानको असल कार्यान्वयनको अभ्यास गरेको प्रमाणित हुने र यस कार्यका लागि सभामुखले सम्बन्धित निकायलाई रुलिङ गर्नुपर्ने उहाँको माग छ।

 

तपाईको प्रतिक्रिया