कालिकोटमा प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने

       हस्त चाैलागाँई/कर्णाली प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगिता असाेज १० गते हुने भएकाे छ । कर्णाली प्रदेशकै अहिले सम्म ठुलाे पुरस्कार राशि यश प्रतियोगितामा रहेकाे छ । लिंगासैनी युथ क्लबले प्रतियोगिताकाे आयाेजना गरेकाे हाे । “खेलकुद,पर्यटन ,संस्कृति बिकासका लागि ,बिकास समाजका लागि ” भन्ने मुल नाराका साथ कर्णाली प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगिता असाेज १० गते शुरु हुने आयाेजक कमिटीले पत्रकार सम्मेलन गरि जानकारी गराएकाे हाे । १० गते प्रतियोगिताकाे उद्घाटन गरेर प्रतियोगिता १३ गते सम्म संचालन हुनेछ ।
लिंगासैनी युथ क्लवका अध्यक्ष हिक्मतजंग मल्लले पत्रकार सम्मेलनमा याे प्रतियोगितामा कर्णाली प्रदेशकै ठुलाे पुरस्कार राशि रहेकाे बताए । मल्लका अनुसार प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई २ लाख,२२ हजार,२ सय २२ र द्वितीय हुनेलाई १ लाख,११ हजार,१ सय ११ पुरस्कार राशि सहित ट्रफि र मेडलकाे ब्यवस्था रहेकाे बताए । काेराेना महामारीको समयमा पनि लिंगासैनी युथ क्लवले राहत बितरणका कामदेखि स्वास्थ सामाग्री समेत वितरण गरेकाे थियाे । विभिन्न सामाजिक कार्यमा संलग्न रहेकाे लिंगासैनी युथ क्लवले २०७६ सालमा पनि प्रदेश स्तरिय खुल्ला भलिवल प्रतियोगिता गराएकाे थियाे ।
कर्णाली प्रदेशका १० वटा जिल्लाहरुबाट खेलाडीहरु उपस्थित हुने छन् ।
काेराेनाका कारण २ बर्ष यता प्रतियोगिताहरु संचालन गर्न नसेकाे लिंगासैनी युथ क्लवले यश पटक प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगिता गर्न लागेकाे हाे ।
प्रदेशमै अहिले सम्मकाे ठुलाे पुरस्कार राशि रहेकाे प्रतियोगिता संचालनका लागि केही चुनाैती देखिय पनि बिगतका दिन झै यश पटक प्रतियोगिता शान्तिपूर्ण र भब्य तरिकाले सम्पन्न गर्ने लक्ष रहेकाे कार्यक्रम संयाेजक महेश भारतीले बताए ।
८/९ वटा भन्दा बढि प्रतियोगिता लिंगासैनी युथ क्लवले कालिकाेटमा संचालन गरेकाे छ ।
आयाेजककाे टिमबाट खेलाएकाे खेलाडीलाई प्राेत्साहन स्वरुप पारिश्रमिक दिने नयाँ निर्णय समेत यश क्लवले गरेकाे छ । विगतका दिनमा खेलाडीलाई खान र बासकाे ब्यवस्था हुने गरेकाे थियाे भने यश पटक जिते पनि हारेपनी खेलाडीलाई पारिश्रमिक स्वरुप केही रकम उपलब्ध गराउने अध्यक्ष हिक्मतजंग मल्ले बताए ।

तपाईको प्रतिक्रिया