शान्नीत्रिवेणीले करार कर्मचारी नहटाउने

प्रेमराज सिम्खडा/ दोस्रो कार्यकालका निर्वाचित जनप्रतिनिधिले कराहरमा राखिएका कर्मचारी हटाउने होडवाजी चलिरहेकावेला जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले भने तत्काल नहटाउने भएको छ । पहिलो पटक असार सम्मको नियुक्ती नविकरण नहुने छलफल चलाएको भएपनि फेरी तत्काल वसेको कार्यपालिका वैठकले तत्काल कराहर कर्मचारीलाई नहटाउने निर्णय गरेको हो ।
माओवादी भित्रको एक पक्षले पहिलाको सरकारले राखेका कर्मचारी हटाउन दवाफ दिएको थियो । हुन तपहिलो सरकार माओवादी केन्द्रकै थियो । तर आन्तरिक द्धन्द्धका कारणले पार्टीको निर्देशन बिना आफ्नो मनोमानी भति गरेकालाइ हटाउन दवाफ भएपनि कार्यपालिकाले तत्काल त्यस्तो नगर्ने निर्णय गरेको छ ।
गाउँपालिका उपाध्यक्ष पार्वतीसिहं सज्यालले तीन महिना फेरी थप गर्ने यही अवधिमा राम्रो काम नगर्नेलाई मात्र हटाउने र वाँकीलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो । हामी बिभिन्न पार्टीवाट चुनाव लढेर आएपनि कर्मचारीको आस्थामा गाउँपालिकाले कुनै अंकुश चलाउने बताउनुभयो । हामीले बिचार राख्ने पाईने कर्मचारीले नराख्न पाइने भन्ने छैन । आस्था राख्ने नाममा जनताको काम नगरि नारा लगाउने वस्ने भएमा त्यस्ता कर्मचारीका वारेमा भने सोच्ने त्यो पनि तीन महिना पछि कार्यसम्पादनको आधारमा हुने उपाध्याक्ष सज्यालले बताउनुभयो ।
उपाध्याक्ष सज्यालले आफुहरु कसैको लहलहीमा लागेर काम गरिरहेका कर्मचारीलाई धपाउने मनसायमा नभएको सुनाउनुभयो । होला कोही माओवादी, एमाले, समाजवादी, काग्रेस तर उनिहरुले पाँच वर्ष सम्म काम गरेका छन । अनुभव छ । अरुलाई ल्याउदा सिक्दै समय जान्छ । त्यसैले राम्रो गर्ने कर्मचारीको हैसियतमा वस्नेहरुलाई आफ्नो गाउँपालिकाले अवसर दिने बताउनुभयो ।
उहाँले हामीले गलत निर्णय आस्थाको आधारमा आफ्ना मान्छे राख्दै जाने हो भने गलत थिति वस्ने र आगामी दिनमा आउने सरकारका प्रतिनिधिले समेत त्यही ब्यवहार गरेर समाजलाई बिखण्डीत गर्ने हुदा आफुले निति बिधि भित्र रहेर मात्र कर्मचारीका वारेमा सोच्ने भनेर पुरै कार्यपालिका सहमत भएको बताउनुभयो । कुरा उठेको हो । फलानो पालिकाले गरे जस्तै गरौँ भन्ने तर गरिएन उपाध्याक्ष सज्यालको भनाई छ ।
माओवादीले जितेका नयाँ स्थानीय तह शुभकालिकामा धेरै कठोर कदम चालिएको छ । २०७४ मा एमालेको एकल सरकार भएको उसैले राखेको भन्दै हटाउन माओवादी र काग्रेस यसपालिका निकै कम्मरकसेर लागेका छन । यस्तै पलाँतामा पनि कर्मचारी हटाउने दाउमा छ । पहिलो काग्रेसको सरकार भएको महावैमा भने माओवादी एमालेको सरकारले यसपालिका कर्मचारीलाई यथावत राख्ने भएको छ । गाउँपालिका अध्यक्ष खेमवहादुर सिहंले कर्मचारी हटाउने कुरा गलत भएको भन्दै स्थाई आएमा उनिहरु आफै ठाउँ खाली गर्ने भएकाले यस्तो निर्णय गर्नु राम्रो नहुने सिहंको भनाई छ ।
पार्वती सिहं गाउँपालिका उपाध्याक्ष तस्वीर : प्रेमराज सिम्खडा ।

तपाईको प्रतिक्रिया