सुशासनका लागि पत्रकारको अभियान

सुर्खेत/कालिकोट  जिल्ला स्थीत जिल्ला अस्पतालको सौचालय फोहोर भएको तस्वीर सार्वजनिक भएसंगै जिल्लामा अस्पताल जस्तो ठाउँ दुर्गन्दीत भन्दै आलोचना भयो । अस्पताल प्रशासनले समेत अटेरी कर्मचारी र सेवाग्राही समेतले सौचालयमा पानी सम्म नराख्ने र वनाउने ठेकेदारले राम्रो नबनाएका कारणले यस्तो समस्या भएको स्पष्टीकरण दियो ।
अस्पतालको सेवा, वातावरणीय अवस्था र प्रशासनको शैलि प्रति आंशंका गदै नेपाल पत्रकार महाँसंघ कालीकोटको टोलीले अस्पतालसंग अन्तरक्रिया समेत गरेको छ । बुधवार कार्यस्थलमै चिकित्सक, स्वास्थ्यmक्रर्मी र प्रशासन क्षेत्रका अधिकृतलाई भेटेर पत्रकारको टोलीले गुणस्तरिय सेवा, कर्मचारीको कार्यशैली, सेवा प्रवाहमा हुने ब्यवास्ताका बिषयमा छलफल गरेको छ । छलफलका क्रममा निमित्त स्वास्थ्य बयवस्थापक जनस्वास्थ्य अधिकृत कटकवहादुर महतले केही कम्जोरी भएको र केही सुधार हुदै गएको बताउनुभयो । पानीको अभाव सेवाग्राही बिरामीहरुको चाप, निमार्णाधिन अस्पतालका कारणले सोचे जस्तो सफा अस्पताल बनाउन नसकेको बताउनुभयो ।
अन्य सेवा र निति नियमका बिषयमा भने अस्पताल, कार्यालय प्रशासन कहि पनि नचुकेको जिकिर गर्नुभयो । अस्पतालले बिरामीका लागि खुवाउदै आएको खाना समेत अस्पतालले आफै सञ्चालन गरेको छ । स्थाई कर्मचारीलाई नै बिरामीलाई खाना खुवाउने ठेक्का दिएपछि वेला वेला खरिद निमावली कुल्चेको आरोप अस्पताललाई छ । तर अस्पताल प्रशासन भने त्यसमा आफुले नियमानुसार नै गरेको दावी गदै आएको छ । नेपाल पत्रकार महाँसघ कालीकोट शाखा अध्यक्ष भरतराज बिष्टले स्वास्थ्य क्षेत्रमा मात्र होइन किकासे कार्यालयले समेत आर्थिक मसान्तरमा उपभोक्तालाई बिभिन्न प्रभावमा पार्ने भएकाले त्यसको खवदारी पनि आफुहरुले गर्ने अभियानको सुरुवात भएको बताउनुभयो ।
समाचार लेखेर भएन अटेर भयो । उल्टै पत्रकारले केही पाएनन र लेखे भन्ने मिथ्या आरोप आउन थालेपछि खवदारी अभियान महाँसंघले सुरु गरेको सुनाउनुभयो । खरिद निमावलीले तीन वा तीन भन्दा वढीसंग दरभाउ माग गरेर कुनै पनि कामको जिम्मेवारी दिने भनेपनि अस्पतालले एक वर्ष अगाडी देखि आफैले ठेक्का आफैलाई पारेर बिरामीलाई खाना खुवाउने जिम्मा लिएको प्रतिपनि छलफल भएको र त्यसका वारेमा राज्यको कानुनी निकायले मनन गर्नु पर्ने अध्यक्ष बिष्टको भनाई छ । खवदारी अभियानमा जिल्लामा कार्यारत सबै पत्रकारहरुको सहभागीता रहेको छ । अभियानकै क्रममा युवा ब्यवसायी तथा पलााता गाउँपालिका निर्वतमान अध्यक्ष लक्ष्मणवहादुर बमले वाल्टीन, सफा गर्ने फिनल लगाएतका सामाग्री कार्यालय प्रमुख कटकवहादुर महतलाई प्रदान समेत गर्नु भएको छ ।
जिल्ला अस्पतालले प्रदान गर्ने सेवाका वारे प्रत्यक्ष जानकारी लिदै पत्रकारहरु तस्वीरः प्रेमराज सिम्खडा

तपाईको प्रतिक्रिया