प्रेमराज सिम्खडा/ कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले कृषिमा लगानी वढाउन निति, कार्यक्रम तथा वजेटमा जोड दिएको पाईएको छ । गाउँपालिकाले खाध्य सुरक्षा र आयआर्जनका लागि कृषि समुह मार्फत लगानी गर्न चाहेको बताएको छ । सोमवार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सेवासुबिधा, खाद्य सुरक्षा र आयआर्जनका लागि सामाजिक समावेशीकरण बिषयक सार्वजनिक सुनुवाईमा गाउँपालिकाले समुह मार्फत लगानी गर्न खोजेकाले समुहमा आवद्ध हुन आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष बिष्णुवहादुर रोकायाले खाद्य सुरक्षाका लागि सिचाई र कृषिमा मात्र यो वर्ष दुई करोड ६७ लाख ५९ हजार वजेट बिनियोजन गरेको भन्दै साझेदार सस्था किर्डाक नेपालको माप्दण्डमा काम गर्ने बताउनुभयो । उहाँले मिसन इष्ट र किर्डाकको सहयोगमा गाउँपालिका भरी गठन भएका समुह मार्फत कृषिमा लगानी गर्ने भन्दै प्रतिफल लिन समुह मार्फत काम गर्नु उपयुक्त हुने बताउनुभयो । किर्डाक नेपाल र हुरुन्डेक नेपाल कालीकोटले गाउँपालिका संग साझेदारी गरी आयआर्जनका क्षेत्रमा काम गरिरहेकाले थप लगानी वढाउन अध्यक्ष रोकायाले आग्रह गर्नुभयो । सार्वजनिक सुनुवाईमा सहभागी केशपुरा बमले आफुहरु समुहमा अवद्ध भएपछि मात्र गाउँमा आउने वजेट र आयआर्जनलाई वढाउने ज्ञानको बिकास भएको भन्दै गैरसरकारी सँस्थाले गरेको लगानीले आफु जस्तै अरु महिला समुहलाई राहत भएको सुनाउनुभयो । उहाँले सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुदा सरकारले कृषिमा बिनियोजन गरेको बजेटका बारेमा जानकारी भएको भन्दै किसानलाई फाईदा हुने कार्यक्रम ल्याउदा गाउँका किसानलाई श्रम गर्न (जागर) हिक्मत वढ्ने अनुभुती राख्नुभयो । गाउँपालिकामा अहिले ४२ वटा समुह गठन भएका छन । तरकारी खेती, पशुपालन लगाएतका काम दिन समुह गठन गरिएको किर्डाक नेपाल पलाँताका प्रमुख पदमवहादुर कठायतले बताउनुभयो । हामीले गाउँपालिकासंगको साझेदारीमा काम गरिरहेका छौ । उहाँलेहरुले छनोट गरिदिने र हामीले उहाँलाई तालिम ज्ञान दिने लगानी पनि गर्ने गरेको सुनाउनुभयो । उहाँले तरकारी खेती, पशुपालन, मौरी पालन वार्खा खोर निमाणर्,उद्यम बिकास ब्यबसाय, थोपा सिचाई, आकासे पानी ब्यवस्थापन, फोहोर पानी ब्यवस्थान लगाएतका क्षेत्रमा लगानी गदै आएको बताउनुभयो । यसवाट पाँच सय जना महिलाले लाप लिएका छन । पशुपालनका लागि खोर निमाणर्मा मात्र छ लाख वजेट ब्यवस्थापन गरेको छ । कृषि सामाग्री सहयोग तालिममा अहिले सम्म ४८ लाख ६४ हजार ७७० खर्च भएको छ । अघिल्लो वर्ष २०७८ साल असोजवाट परियोजना सञ्चालन भएपनि कोभिडका कारणले ढिलो गरी काम सुरु भएपनि खर्च भने नागरिक सम्म पुगेको परियोजना प्रमुख पदम वहादुर कठायतले बताउनुभयो । पलाँता गाउँपालिकाले पनि सडक संगै कृषिलाई पहिलो प्राथमिक्ता दिएको पाईएको छ । गाउँपालिकाले गरेका गतिबिधि सार्वजनिक गर्नु शुसासको निरन्तरता भन्दै वर्तमान सरकारले तीन तीन महिनामा सार्वजनिक सुनुवाई गर्ने कार्ययोजना समेत बनाएको छ । गाउँपालिकाका पवक्ता तिलक वुढाले जे गछौ सबै नागरिकलाई जानकारी दिनका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक सुनुवाई गदै जाने बताउनुभयो ।
कृषिको लगानी सदुपयोग गर्न समुहलाई जोड
तपाईको प्रतिक्रिया
दियो खबर । २९ असार २०७९, बुधबार ११:३९