सुर्खेत /कालीकोट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको एक वर्ष पुगे पनि नियमित विद्युत् सेवा आपूर्ति हुन सकेको छैन । विद्युत् सेवा नियमित नहुँदा बिजुलीबाट हुने कामहरू प्रभावित भएका छन् ।
कालीकोटमा अहिले पनि दैनिक ९/१० घण्टासम्म बत्ती जाने समस्या रहेको स्थानीयवासीले बताएका छन् । दैलेखमा समस्या आएकाले बनाउने प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौड्यालले बताउनुभयो ।
राष्ट्रिय प्रसारण लाइन नियमित नभएपछि यहाँका स्थानीयवासीले सान्नी त्रिवेणीमा रहेको पाँच सय किलोवाट क्षमताको सान्नीगाड जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुपर्ने माग गरेको छन् ।
दियो खबर । २८ असार २०७९, मंगलवार १९:१२