प्रधानाध्यापकले कक्षाकोठामै काटिदिए विद्यार्थीको कपाल  

सुर्खेत /जुम्लाको तिला गाउँपालिका–८ स्थित देउराली मावि जुम्लाकोटका प्रधानाध्यापक रामभजन यादवले कक्षाकोठामै विद्यार्थीको कपाल काटि दिएका छन् । उनले विद्यार्थीको असहमतिमै जबरजस्ती कपाल काटि दिएका हुन् । पटक–पटक कपाल काट्न भन्दा पनि अटेर गरेको भन्दै कक्षा ९ मा अध्ययनरत ३ जना विद्यार्थीको कपाल मुण्डन गरिएको थियो ।
विद्यार्थीले अर्को दिन कपाल काटेर आउने भनिरहे पनि उनले जबर्जस्ती कपाल काटिदिएका थिए । दुई जना विद्यार्थीलाई कक्षाकोठा भन्दा बाहिर पठाइएको थियो । विद्यार्थीले जबर्जस्ती प्रधानाध्यापकले कपाल मुण्डन गरिदिएको भिडियो विद्यार्थीले सार्वजनिक गरेका छन् । भिडियोमा तीन जना विद्यार्थीको जबर्जस्ती कपाल काटेर छोडेको,दुई जना विद्यार्थीले अटेरी गरेपछि कक्षा कोठाबाट निकालिएको र अन्यलाई धम्की दिएर कपाल मुण्डन गरेको देखिन्छ । प्रधानाध्यापकको जसले भनेको मान्दैन् त्यसले विद्यालयमा पढ्नसमेत नपाउने धम्की दिएका थिए ।
‘हामीले भोलि कपाल काटेर आउँछौं भनेका थियौं । प्रधानाध्यापकले जबर्जस्ती कपाल काटिदिनुभयो,’ एक विद्याथीले भने, ‘कपाल मुडिदिएपछि सबै विद्यार्थी हाँसिदिए । निकै लाज लाग्यो । अब विद्यालय जान पनि जान सकिने अवस्था छैन ।’
प्रधानाध्यापक रामभजन यादव भने गलत नियतले कपाल नकाटिदिएको जिकिर गर्छन् । ‘धेरै पटक कपाल काटेर आउनु भनिएको थियो,’ उनले भने,‘जति सम्झाइबुझाइ गर्दा पनि नमानेपछि कक्षाकोठामै कपाल काटिदिएका हो । बरु सामाजिक सञ्जालमा भिडियो हाल्नु गलत थियो ।
उनले विद्यार्थीलाई अनुशासनको पालना गराउनको लागि कपाल काटिदिएको बताए । स्कुल पोसाक लगाउन र सरसफाइ गर्न भनिएको उनले बताएका छन् । तीव्र आलोचना भएपछि विद्यालयको फेसबुक पेजबाट पोस्ट गरिएका भिडियो हटाइएको छ ।
प्रधानाध्यापकबाटै भएको यो कार्यले विद्यार्थीको मानसिकतामा असर परेको मनोविमर्शकर्ता नन्दराज आचार्य बताउँछन् । ‘जुनसुकै कारण भए पनि सबैको माझमा विद्यार्थीलाई सजाय दिनु गलत कार्य हो,’ उनले भने,‘यसले बालबालिकाको दिमागमा अज्ञातजन्य तनावको असर निम्त्याउँछ ।’
तिला गाउँपालिका शिक्षा शाखा प्रमुख झनमाया खत्रील कक्षाकोठामै विद्यार्थीको कपाल काटिदिनु गलत भएको प्रतिक्रिया दिइन् । उनले विद्यार्थीले अनुशासन उलंघन गरेको भन्दैमा कपाल काटिदिन नहुने बताइन् ।यो समाचार कान्तिपुर

तपाईको प्रतिक्रिया