सुर्खेत /कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाअन्तर्गत काम गरिरहेका करार कर्मचारी हटाएको छ।
असार ११ गतेको गाउँसभाबाट आर्थिक वर्ष २०७९/०८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो।
असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि कामकाज नगर्न करार कर्मचारीलाई सूचित गरेको छ।
‘गाउँपालिकाको समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ देखि करारमा रहेका कर्मचारीहरूको मिति २०७९/४/१ गतेदेखि करार सम्झौता नवीकरण नहुने निर्णय भएकोले अर्को निर्णय नभएसम्म हाजिर भई कामकाज नगर्नु हुन सूचित गरिन्छ नि:प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाहीले बताए ।
शुभकालिका गाउँपालिकाले हटायो करारका कर्मचारी
तपाईको प्रतिक्रिया
दियो खबर । २६ असार २०७९, आईतवार १९:४३