कालीकोट/आर्थिक बर्षको अन्ते असार मसान्त यो वर्ष पनि कालीकोटमा निकै लागेको छ । देशैभर आर्थिक मसान्तको अन्तीम भएकाले भुक्तानी, सम्झौता देखि आय ब्याय मिलाउन चटारो नै हुन्छ । तर पनि कालीकोटमा यसको प्रभाव धेरै पर्ने गरेको छ । असार मसान्तको चटारोले गर्दा जिल्लाको सरकार राष्ट्यि वाणिज्य बैँकका कर्मचारीले शनिवार पनि बिदा बस्न पाएनन ।
बैँकमा सेवाग्राहीको चाप निकै भएकाले शनिवार पनि सेवा सुचारु गर्नु परेको राष्ट्यि वाणिज्य बैँकले जनाएका छन । राष्ट्यि वाणिज्य बैँक कालीकोट शाखा प्रवन्धक गोरखवहादुर शाहीले नागरिकको चापले गर्दा शनिवार बैँक खोल्नु परेको बताउनुभयो । सबै स्टाप कर्मचारीसंग सल्लाह गरेर जहिले गरेपनि हामी आफैले काम गर्नु पर्ने भएकाले शनिवार पनि सेवा दिउ भन्दा सबै साथीहरु सहमत हुनुभयो । त्यसैले आज पनि सेवा सुचारु गरेको प्रवन्धक शाहीको भनाई छ । उहाँले आईतवार पनि सार्वजनिक बिदा भएपनि आफुले बैक बन्द नगर्ने प्रवन्धक शाहीको भनाई छ ।
बैँकमा यतीवेला भुक्तानी लिने मात्र होइन, योजनाका नयाँ खाता खोल्नेहरुको समेत भिड लाग्ेको छ । दैनिक एक सय भन्दा वढि नयाँ योजनाका खाता खोल्ने र उसै रुपियाँ पोस्टीङ गर्ने गरिएको छ । उदारोमा काम गरे धेरै जसो उपभोक्तmा समितिले भुक्तानीका लागि खाता खोल्ने र लिने गरेका छन । कोरोना संङक्रमण भएकाले जनही दश हजार रुपिया पाउने स्थानीय सरकारले भनेपछि खाता खोल्नेको भिड उस्तै छ । बैँकका साहयक प्रवन्धक गणेश आचार्यले दैनिक खाता खोल्नेहरुको भिडले पनि अन्य काममा बाधा पुगेको बताउनुभयो ।
नखोलौ भने सेवा दिन बैँकका शाखा छन । दिनै पर्छ । तर आर्थीक मसान्तमा मात्र खाता खोल्नेहरुको चाप वढ्नुले बिकासे वजेट बिल मिलाएर खानु वाहेक अरु केही होइन जस्तो आफुलाई लाग्ने आचार्यको भनाई छ । उहाँले एकैपटक खाता खोल्ने रकम जम्मा गर्ने र झिक्ने चलन रहेको सुनाउनुभयो । खाता खोल्दा पनि केही प्रक्रिया पुरा गर्नु पर्छ तर सेवाग्रही आएर तुरुन्तै चाहियो भन्छन त्यसैले सम्झाउदै समय जान्छ आचार्यले गुनासो गर्नुभयो ।
शनिवार बैँक खुला हुने जानकारी पायपछि भिड अन्य दिन जस्तै लागेको छ । कोही भुक्तानी लिने, कोही नयाँ खाता खोल्ने, कोही बैकको किस्ता भक्तानी गर्नेहरुको बैँकमा भिडभाड लाग्ने गरेको छ । अन्य चाप आफुलाई नपरेपनि किस्ता असुल, फमहरुको नविकरण लगाएतका कामले दिनभरी नै ब्यस्त हुने गरेको रावा बैक कर्जा शाखा प्रमुख राजा रामले सुनाउनुभयो । अरु तनाव छैन । कोही किस्ता हाल्न आउदैनन, कोही नविकरण गर्न आउदैनन, सबैलाई फोनवाट सुचना गरेर असुल गराउन नै आफ्नो दैनिकी बितिरहेको राजा रामको भनाई छ ।
असार मसान्तको चटारो बिदाका दिन पनि बैङक खुला
तपाईको प्रतिक्रिया
दियो खबर । २६ असार २०७९, आईतवार १४:०८