करेन्ट लागेर घटनास्थलमै १७ वर्षिय विकको मृत्यु

सुर्खेत/ गुर्भाकोट नगरपालिका- ८ मेहेलकुनास्थित मेहेलकुना अस्पतालको बन्दै गरेको भवनमा ग्रीलको काम गर्दै गर्दा एक जनाको मृत्यु भएको छ ।
गुर्भाकोट नगरपालिका -६ केरेनी निवासी अन्दाजी १७ बर्षका बिजय बिकको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका कामदार मेहेलकुनास्थित एल.पी. आल्मिनियम ग्रील उद्योगमा लामो समयदेखि काम गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया