कालीकोट/कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका-११ का एक जना किसानका दश हजार कागतीका बिरुवाले वजार नपाएर नष्ट गरिएको छ । वराँतुका जीवन गिरीले आफ्नै नर्सरीमा उत्पादन गरेका दश हजार कागतीका बिरुवा बिक्री नभएर नष्ट गर्नु परेको सुनाउनुभयो । उहाँले बिरुवा नर्सरीमै रुख हुदा उखेर फाल्दा आफुलाई निकै पिडा भएको सुनाउनुभयो ।
गिरीले विगत २८ वर्षदेखि विभिन्न जातका बिरुवा उत्पादन गर्दै आएको र राम्रै फाईदा हुदा नर्सरीमा बिरुवा वढाउदै ल्याएको सुनाउनुभयो । तर यो वर्ष भने उहाँले उत्पादन गरेका बिरुवा बिक्री नहुदा केही उखेलेर फालेको बताउनुभयो । गिरीले उत्पादन गरेका १० हजार सुन्तलाका बिरुवा केही दिनअघि नष्ट गरिएको छिमेकी अजवहादुर गिरीले पनि सुनाउनुभयो । गिरीले जनचेतना निजी फलफूल नर्सरीमा सुन्तला, ओखर, कागती, आरु, नास्पाती, किवीका बिरुवा उत्पादन गदै आउनुभएको छ । बिरुवा बेचेरै वर्षमा दुई लाखसम्म बचत गर्दै आउनु भएका गिरीले यस वर्ष उत्पादन भएका बिरुवा उखेलेर नष्ट गर्नुपर्दा सारै दुख लागेको प्रतिक्रिया दिनुभयो ।
खाँडाचक्र नगरपालिकाको बरातु गाउँ कृषि उत्पादनमा उकृष्ट मानिन्छ तर कृषकले उत्पादन गरेका वस्तु खपत नहुँदा पेशाबाटै पलायन हुने अवस्था छ । ‘स्थानीय सरकार आउनु भन्दा अगाडि उत्पादनले बजार पाएको थियो, कृषि विकास कार्यालयले बिरुवा खरिद गथ्यो उहाँले भन्नुभयो, अहिले स्थानीय सरकार आएदेखि हाम्रो उत्पादनले बजार पाउन छोडेको छ । स्थानीय सरकारले आफुवाट खरिद नगरेकै कारणले नर्सरीमा बिरुवा नष्ट गर्नु परेको किसानको भनाई छ । नर्सरी उद्यमी तारा गिरीका अनुसार चार वर्षयता नर्सरीमा उत्पादित बिरुवाहरू बिक्री भएका छैनन ।
चार वर्ष भयो नर्सरीका बुटा बिक्री भएका छैन्न, पहिलो वर्षमा छ देखि सात हजार बिरुवा बिक्री हुन्थ्यो गिरीले सुनाउनुभयो । बजार घट्दै गएपछि उहाँले उत्पादन पनि घटाएको बताउनुभयो । स्थानीय सरकारले कार्यक्रम हुँदा पनि नगरपालिकाको कृषि शाखा र कृषि विकास कार्यालय कालीकोटले अहिले आफूबाट बुटा नलिने गरेको, बाहिरबाट बुटाहरू खरिद गर्ने भएकाले आफ्ना वुटाले वजार नपाएको ताराको गिरीको गुनासो छ । अर्का नर्सरी व्यवसायी विरु भारतीको पीडा पनि उस्तै छ ।
कृषि व्यवसायमा केही गरौं भनेर लागियो, अहिले नर्सरीमा उत्पादन भएका बिरुवाहरू बिक्री हुदैनन । संकटमा ब्यवसाय गरेर मान्म वजारमा तरकारी देखि कृषि बिकास कार्यालयलाई चाहिने बिरुवा उत्पादन गर्ने हामी जस्ता व्यवसायीहरू पलायन हुने अवस्था आउदा आफुलाई निकै दुख लागेको बिरुको भनाई छ स्थानीय सरकार सञ्चालन यता स्थानीय वस्तुले भाउ पाउनु पर्ने हो । तर सभामा लगाउने माला देखि फनिचरका समान, बिरुवा, सबै वाहिरवाट आयत गर्दा स्थानीय ब्यवसायी संकटमा परेका छन ।
बिक्री नहुदा नष्ट गर्न उखेलिएका कागतीका बिरुवा तस्वीरः प्रेमराज सिम्खडा
किसानको लगानी वालुवामा दश हजार बिरुवा नष्ट
तपाईको प्रतिक्रिया
दियो खबर । २५ असार २०७९, शनिबार १५:५४