सुर्खेत /कालीकोट सदरमुकामवाट १८ किलोमिटर पार गरेपछि फुकोट कर्णाली हाइड्रोको निकास सुरुङमा पुगिन्छ । चट्टानी क्षेत्र भएकाले सुरुङ खन्ने काम सुस्त छ । कर्णालीकै गौरवको आयोजनाका रुपमा मानिएको फुकोट कर्णाली हाइड्रोको सुरुङ खन्दा निस्केको सबै ढुङगा बालुवा, माटो कर्णाली नदीमा फाल्ने गरिएको छ । हाइड्रोको सुरुङ खन्दा निस्केको सबै गिटी नेपालकै लामो कर्णाली नदीमा खुला रुपमा फाल्ने गरेकाले नदी प्रदुशर्ण हुदै गएको छ । सौलो नदी हिउदको समयमा पनि धमिलो बग्ने गथ्यो । अहिले त वर्षातको समय भएकाले नदी पुरै धमिलोछ । तर हिउदको सहयमा भने कर्णाली धमिलो हुने बितिकै जो होकीले सुरुङको माटो कर्णालीमा फालियो सुरुङ खन्न सुरु भयो भनेर अनुमान गर्न सक्छन । तर यसरी नदीमा फोहोर जन्य वस्तु फाल्नु हुदैन भन्नेमा जल संरक्षणमा लागेकाहरुको भनाई छ । तर फुकोट कर्णाली हाइड्रो आयोजनाको सुरुङ खनेको सबै ढुङगा, बलुवा भिरवाट नदीमै बगाउने गरिएको छ । यस बिषयमा आयोजना प्रमुख हिरामान वाईवा बेखवर जस्तै देखिनु भएको छ । उहाँले छुट्टै डम्पीङ साईड निमार्ण गरिएको त्यहाँ नफालेका रहेछन भने आफुले तत्काल जानकारी लिने र डम्पीङ क्षेत्रमै फाल्न लगाउने बताउनुभयो । आयोजनाले निमार्ण गरेको डम्पीङ क्षेत्र कर्णालीमा वढेको पानीको वहाफले पुरिसकेको छ । कर्णाली किनारमा बनाएको डम्पीङ साइडमा अहिले कर्णाली वगिरहेको छ । तर आयोजनाका कर्मचारीले आफ्नो डम्पीङ क्षेत्र त्यही भएको भनेर देखाउने गरेका छन । यसरी सुरुङ खन्दा निस्केको गिटी बालुवा नदीमा वगाउदा पानी प्रदुशण मात्र होइन क्यामिकलका कारणले कृषि वालीमा समेत असर पर्ने बिज्ञहरुको भनाई छ । जल तथा वातावरण क्षेत्रमा काम गदै आउनु भएका लिलाराज न्यौपानेले तराईमा कर्णाली कै पानी सिचाईका रुपमा प्रयोग हुने हुदा धानवालीमा असर पर्ने बताउनु हुन्छ । यसका बिषयमा सोच्न पर्ने उहाँको भनाई छ । तर आयोजनाले भने आफुले डम्पीङ क्षेत्र बनाएको दावी गदै आएको छ । चार वर्ष अगाडि हाइड्रो कम्पनी र नेपाल सरकारबीच निर्माण सम्झौता भएको आयोजनाले डिपिआर सम्पन्न अर्ध जलाशय युक्त आयोजनाको अहिले दुवै ततर्फबाट सुरुङ खन्ने काम भईरहेको छ । सम्झौता भएको लामो समय भएपनि बिचमा बिश्वमा फैलिएको कोरोना भाइरसका साथै अन्य केही चुनौतीका कारणले ढिलो काम सुरु भएको थियो । शान्नि त्रिवेणी गाउँपालिकाको सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध भएको जलाशयबाट १३ दशमलप ५ किलोमिटर सुरुङ मार्फत भाँैतेगडामा पानी खसाएर विद्युत् उत्पादन गरिने छ । सिस्नेगडाबाट ११ किलोमिटर उत्तर–पश्चिममा रहेको भौँतेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट चट्टान फोडेर सुरुङमार्फत भाँैतेगडामा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरीएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत आयोजना नामक कम्पनीले २०७४ फागुनदेखि डिपिआर अन्तर्गत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनको काम गरिरहेको थियो । विकासमा पछाडि परेको कर्णालीमा गौरवका आयोजनाहरुले निर्माण कार्य थालनी गर्दा कालीकोटका नागरिकमा उत्साह छाएको छ । कर्णालीमा जुनसुकै सरकार आएपनी सानातिना योजना फालेर आँखामा छारो हालेझै गरिन्थ्यो, अहिले कर्णाली करिडोर निर्माण कार्यदेखि गौरवको आयोजना फुकोट कर्णाली हाइड्रो निमार्णले कर्णाली वासिमा विकासको अनुभूति दिएको छ । चार सय ८० मेगावाट विद्युत उत्पादन हुने आयोजनाले वरिपरिको एक हजार हेक्टर रोपनी प्रभावित क्षेत्र मानिएको छ । आयोजनाले जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरनाको केही क्षेत्र प्रभावित डुवानमा रहनेछ । सवैभन्दा बढी रास्कोट र शान्नि त्रिवेणी गाउँपालिका प्रभावित क्षेत्र हुनेछ । आयोजनाले प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा समेत बितरण गरिरहेको छ ।
फुकोट कर्णाली हाइडोले गर्दा कर्णाली नदी प्रदुशित
तपाईको प्रतिक्रिया
दियो खबर । २५ असार २०७९, शनिबार १५:५१