हावाले मकै ढाल्यो किसान लाई पिरैपिर

सुर्खेत /कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका- ७, ८ र ९मा हावाहुरीले मकै वाली ढालेको छ । गएराती चलेको ठुलो हावाहुरीका कारण किसानले लगाएको मकैवारी पुरै ढालेर सोतर बनाएको छ । समयमा पानी नपर्दा वाली लाउन नपाएर छटपटीरहेका किसानका लागि फेरी अर्को वर्जपात आईलागेको छ ।
पसाउनै लागेका मकै हावाले एकमसे ढालेपछि किसानलाई पिरमाथि अर्को पिर थपिएको छ । शान्नीत्रिवेणी ८ का अरुण केसिले हामी किसानका दुख बुज्ने सरकार त थिएन तर प्राकृती बिपदीले पनि किसान माथि नै अन्याय गरेको गुनासो गर्नुभयो । हिउदको वाली असिना र वर्षातको हावाहुरीले लिने गरेको भन्दै स्थानीय सरकारले वाली बिमा कार्यक्रम सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो । अव त हेर सरकार भन्दै हावाले ढालेको मकैवारी देखाउनुभयो ।
सबै भन्दा वढि मकै उत्पादन हुने साविकको मुम्र्रा गाउँबिकास समितिमा किसानले लगाएको मकै हावाले पुरै ढालेको छ । हावाले एकनासले ढालेको मकैको वोट उभ्याउन पनि मिल्दैन । त्यसलाई समाउने बितिकै भाँचिने भएकाले किसानले गाई वस्तुलाई घाँसका रुपमा प्रयोग गर्नु वाहेक अरु कुनै बिकल्प छैन । ढलेको मकैलाई जोगाउने अर्को कुनै बिकल्प नभएकाले किसान चिन्तीत भएका छन । राम्रो पानी नपरेर धान रोप्न नपाएको पिडा खेपिरहेका किसानको मकै हावाले ढाल्दा अर्को पिर थपिएको छ ।
स्थानीय अरुण केसिले अव औल तिर कोदो रोप्ने र वाँकी लेकाली क्षेत्र वाँजै रहने बताउनुभयो । सबै तिर कोदो रोप्ने हो भने पाक्दैन । पछि गँहु छर्ने समय समेत घर्किने भएकाले वारी बाँजै रहने केसिको भनाई छ । उहाँले यही वेला किसानलाई राहतको ब्यवस्थापनका लागि स्थानीय सरकारले चासो दिनु पर्ने माग गर्नुभयो । गाउँपालिका अध्यक्ष महोनवहादुर केसिले स्थलगत अनुगमन गरेर तथ्यांक संकलन गरी राहतका लागि संघिय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने प्रतिक्रिया दिनुभयो ।
उहाँले सबै हामीवाट सम्भव छैन,त्यसैले माथिल्लो सरकारलाई सिफारिस गर्ने र केही राहत स्थानीय सरकारले समेत उपलब्ध गराउने बताउनुभयो । हावाहुरीका कारणले शान्नीत्रिवेणी संगै नरहरीनाथ गाउँपालिका वडा नं ५, ७, र ९ वडामा पनि क्षती पुगाएको छ । त्यहाँ रहेको मकैवारी पुरै एकनास ढालेको स्थानीयको भनाई छ । स्थानीय रंग वोगटीले मकैवाली हावाहुरीले पुरै नष्ट गरेको बताउनुभयो । उहाँले प्राकृती बिपदीले गर्दा किसानलाई क्षती पुगाउदै आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया