सुर्खेत /कालिकाेट जिल्लाकाे तिलागुफा नगरपालिकाले बिद्यार्थीहरुले पाउने छात्रबृत्ति र दिवा खाजाकाे रकम बैंक खातामार्फत दिने भएकाे छ । बिद्यार्थीकाे छात्रबृत्ति र दिवा खाजामा हुने अनियमितता राेक्नका साथै बिद्यार्थीकाे सहजताका लागि छात्रबृत्ति र दिवा खाजाकाे रकम बैकमार्फत बितरण गर्ने निर्णय गरिएकाे हाे ।
तिलागुफा नगरपालिका मेयर शंकर प्रसाद उपाध्याय र उप-मेयर महेन्द्र बहादुर शाही सहितकाे अनुगमन टाेलीले तिलागुफा नगरपालिका भित्रका सबै बिद्यालय अनुगमन गर्दा प्राप्त सुझावलाई सम्बाेधन गर्दै विद्यार्थी छात्रबृत्ति र दिवा खाजाकाे रकम बैंकमार्फत दिने निर्णय गरिएकाे हाे । जिल्लाका अधिकांश दरबन्दी बिहीन बिद्यालयहरुमा प्राय : विद्यार्थी छात्रबृत्ति र दिवा खाजाकाे रकम करार शिक्षक तलबले खान्छन् । जिल्लामा झण्डै एक सय बिद्यालयहरु दरबन्दी बिहीन छन् । तर तिलागुफा नगरपालिकाले बिद्यार्थीकाे छात्रबृत्ति र दिवा खाजा बापतकाे रकम बिद्यार्थीहरुले नै पाउनु पर्ने भन्दै बंक खातामार्फत दिने भएकाे छ ।तिलागुफा नगरपालिका मेयर शंकर प्रसाद उपाध्यायले बिद्यार्थीले पाउने सेवा सुविधा बिद्यार्थीले नै उपयाेग गरून् भन्ने हेतुले छात्रबृत्ति र दिवा खाजा बैकमार्फत दिने निर्णय गरिएकाे बताए । उनले भने, यसाे गर्दा बिद्यार्थीले पाउने पैसा अनियमिता नहुनुका साथै भरपर्दो र बिश्वसनिय हुन्छ ।
तिलागुफाले छात्रबृत्ति र दिवाखाजा रकम बैंक खातामार्फत दिने
तपाईको प्रतिक्रिया
दियो खबर । २३ असार २०७९, बिहीबार १९:१८