कर्णालीमा प्रदेश सभाको बैठक फेरि स्थगित

वीरेन्द्रनगर : कर्णाली प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । सरकार र प्रतिपक्षी एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक शुक्रबारसम्म स्थगित भएको प्रदेश सचिवालयले जनाएको छ ।

असार १२ गतेदेखि स्थगित भएको प्रदेश सभाको बैठक विहिबार बोलाइएको थियो । बिहिबारको बैठकमा पनि कर्णाली सरकार र प्रतिपक्षी एमालेबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

आगामी आर्थिक वर्ष २०७९ र०८० को बजेटमा असन्तुष्टि जनाएको एमालेले सत्तापक्षसँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै विरोध जनाएको थियो । प्रमुख प्रतिपक्ष एमालेले असार १२ गते बसेको दशौँ अधिवेशनको १८ औँ प्रदेश सभा बैठक अवरोध गरे यता सदन स्थगित हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया