रुकुम पश्चिम / रुकुम पश्चिममा चट्याङ लागेर दुई महिला घाइते भएका छन् । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १२ मा चट्याङ लागेर दुई महिला घाइते भएका हुन । मंगलबार परेको चट्याङ लागेर सुर्किमारेकी ४६ वर्षिया लक्ष्मी ओली र वोहरागाउँकी ३० वर्षिया काैशिला महतारा बोहरा घाइते हुनुभएको हो ।
घाइतेहरुको शरिरका विभिन्न अंगमा चोट लागेको बताईएको छ ।
दुबै जना स्थानीय मेडिकलमा उपचार गराएर घर फर्किएको र अवस्था सामान्य रहेको स्थानीयले बताएका छन ।
दियो खबर । २२ असार २०७९, बुधबार १५:००