कर्णाली नवजागरण पैरवी समाज नेपाल शाखा कालिकोटकाे गठन

कालिकोट /सुर्खेत जिल्ला स्थित वीरेन्द्रनगरमा (कर्णाली नवजागरण पैरवी समाज नेपाल ) नामकाे एउटा संस्था स्थापना भएको छ।
उक्त संस्थाले विभिन्नखालका समाजमा आईपर्ने समस्या हरु संग पैरवी गरिरहेकाे छ यस्तै समाजमा देखा पर्ने समस्या हरु खाेज्नका लागि केन्द्रीय समितिले मात्र नसक्ने भएकाले उक्त संस्थाकाे केन्द्रीय समितिकाे असार ६ गते बसेकाे बैठक अनुसार कर्णाली का १० वटै जिल्लामा जिल्ला समिति गठन गर्ने निर्णय गरिएकाे थियाे र उक्त निर्णय अनुसार आज कालिकोट जिल्लामा कर्णाली नवजागरण पैरवी समाज नेपालकाे ९ सदस्यीय जिल्ला शाखा गठन संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश बरालकाे अध्यक्षतामा गठन गरिएकाे छ । जिल्ला समितिमा अध्यक्ष पलाता गाउँपालिकाका रिजन बम , उपाध्यक्षमा खाँडाचक्र नगरपालिका कि भावना पाण्डे , काेषाध्यक्षमा खाँडाचक्र नगरपालिकाकै बिद्या पाण्डे , सचिव मा खाँडाचक्र नगरपालिका कै हरिश बिश्वकर्मा सह-सचिव मा शुभकालिका गाउँपालिकाका सुर्यश शाही , सदस्य मा पचाल झरना गाउँपालिकाका बिम प्रसाद आचार्य , शुभकालिका गाउँपालिकाका कर्ण कहादुर शाही , खाँडाचक्र नगरपालिका कि तारा पाण्डे , शुभकालिका गाउँपालिकाका देवराज चाैलागाई चयन हुनुभएको छ । उक्त कार्यक्रम मा संस्थाका संस्थापक अध्यक्ष प्रकाश बरालले यहि संस्था मार्फत ३ जना बालबालिका हरु जुन आर्थिक तवरले पछि परेका गरिब तथा जेहेन्दार बालबालिकालाई काठमाडौ स्थित अध्ययन गर्नका लागि पठाईएकाे , उक्त संस्था द्धारा कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर नगरपालिका-६ खजुरा सुर्खेत मा रहेकाे बिगत ६ बर्ष पहिले देखि बादि समुदायकाे समुन्नत उन्नतिका लागि काम गर्दै आएकाे (बादि सराेकार मञ्च नेपाल )मा रहेका ९६ जना बालबालिका लाई विभिन्न समयमा खाद्यान्न,फलफूल र शैक्षिक गुणस्तरका लागि शैक्षिक सामाग्री सहयोग गर्नुका साथै बादि सराेकार मञ्च नेपालमा मुख्य समस्या ग्याँस रहेकाले कर्णाली नवजागरण पैरवी समाज नेपाल ले प्रत्येक महिना २ वटा सिलिन्डर ग्याँसका भर्दिने सम्झाैता संगै यस बर्ष +2 कानुन अध्ययन का लागि २ जना बालबालिका काे जिम्मा पनि कर्णाली नवजागरण पैरवी समाज नेपालले लिएकाे र हाल संस्थाकाे स्थापना भएकाे ३ महिना बितिसकेकाे र ३ महिनाकाे अन्तरालमा धेरै काम हरु गरेकाे कुरा बताउनु भयाे । हाल यस संस्थाकाे केन्द्रीय समितिमा कर्णाली प्रदेशका १० जिल्लाबाट नै समेटिएर पदाधिकारी हरु राखिएकाे र ६ वटा जिल्लामा समेत जिल्ला समिति गठन भैसकेको कुरा बताउनु भयाे ।

तपाईको प्रतिक्रिया