मान्म बजार भित्र र आसपासका सडक आरसिसि गर्ने काम जारी

प्रकाश बराल/ चार वर्ष यता कालिकोटको सदरमुकाम मान्म वजार भित्र र आसपासका सडक आरसिसि गर्ने काम जारी छ । मुल वजार आरसिसि पछि वजार छेउछाउका सडकलाई पनि आरसिसि गर्ने योजना अनुसार ठेक्का लगाउने काम जारी छ ।
तर मान्म वजारका सडकको आरसिसि प्राबिधिक चन्द्र खड्काको इच्छा अनुसार भईरहेको छ । पटक पटक ठेक्का खोलेको सदन सहरी तथा भवन निमार्ण आयोजना जुम्लाले कामको गुणस्तर मापन देखि कति काम भयो त्यो सबै आफै दररेड निधारण गर्ने गरेको छ ।
साईटमा रहेका प्राबिधिकले कति काम भयो कुन ठाउँको कति छ कति दररेड हाल्ने भन्ने अधिकार छैन । कामको दररेड चन्द्र खड्काले जुम्ला मै वसेर हाल्ने गरेकाे स्वयम प्राबिधिकले बताएका छन्।
केही दिन अगाडी जिल्ला प्रशासन कार्यालयमा एक जना प्राबिधिकले नाम गोप्य राख्न भन्दै आफुलाई नापेर पठाउने मात्र अधिकार भएको र कामको दररेड हाल्ने अधिकार खड्काले आफुलाई नदिएको बताए । उनले ठेकेदारसंगको सल्लाहमा दररेड निधारण हुने गरेको आफुले सुनेको बताए।
मुलसडकमा धेरै लगानी लाग्ने भएकाले छेउछाउका सडक आरसिसि गर्ने काम खड्काकै निर्देशनमा हुने गरेका छन । सामान्य बिवाद भएको कुरालाई आधार वनाएर आफुखुसि जहाँ लगानी कम आउने तर दररेड निकाल्न मिल्ने ठाउँमा आरसिसि गर्ने काम जारी छ ।
आरसिसि गर्दा सडकको ढिलमा पर्खाल लगाउनु पर्ने ठाउँ भए बिवाद भयो भनेर छोड्ने र फराकिलो थोरै लगानी लाग्ने सडकलाई आरसिसि गर्ने गरेको देखिन्छ ।
मान्मका जयचन्द अधिकारीले जहाँ नक्सामा सडक छ त्यही ठाउँमा आरसिसि गर्न अरुका घरेडी नमास्न भनेकै कारणले उहाँको घर भएको ठाउँ देखि दुई सय मिटर सडक आरसिसि नगरेर बिचैमा जिर्ण सडक छोडेर अन्यत्र आरसिसि गरिएको छ ।
कार्यालयको तालु निकाय शहरी बिकास मन्त्रालयका सुचना अधिकारी राजेन्द्र खतिवडाले पहिला फिल्ड कार्यालय जुम्लाले यस बिषयमा चासो लिनु पर्ने बताउनुभयो । जुम्ला कार्यालयका प्रमुख प्रदिप सिहंले भने फोन रिसिभ गरेनन् । प्राबिधिक चन्द्र खड्काले स्थानीय जयचन्द्र अधिकारी लगाएतले प्रशासनमा निवेदन दिएका कारणले त्यहाँ काम नगरेको जिकिर गरे।

तपाईको प्रतिक्रिया